नारायण भण्डारी| ४ जुन २०२१
नेपाल सरकारले यस वर्बषको जेट भाषणमा घोषणा गरेअनुसार शुक्रबाट दुईवटा सरकारी संस्साथान साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छुटमा सामान उपलब्ध गराउने भएका छन् ।
यी दुई सरकारी स्वामित्वका संस्थानले बिक्री गर्ने सामग्रीमा २० प्रतिशत छुट दिने जानकारी गराएका छन् । जसअनुसार साल्ट ट्रेडिङले बिक्री गर्ने एसटीसी ग्यासको मूल्य २८० रुपैयाँ घटाएर ११ रुपैयाँमा २० रुपैयाँमा बिक्री गरिने सूचना निकालिएको छ ।
यसरी नै छुट्टा पाउने अन्य सामाग्रीहरुमा चिनी प्रतिकेजी ६३ रुपैयाँ, नुन १६, भटमास तेल १८८ रुपैयाँमा बिक्री हुने साल्ट ट्रेडिङले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै अर्को सरकारी स्वामित्वमा रहेको खाद्य संस्था तथा व्यापार कम्पनीले बिक्री गरिने सबै सामानको मूल्य २० प्रतिशत घटाएको जानकारी गराएको छ । खाद्यले दाल, चिनी, चामाललगायतमा उपभोग्य सामग्री बिक्री गर्छ ।
यसरी सामान किन्नको लागि भने निस्चित मात्रामा मात्रा तोकिएको छ ।जस अनुसार पिठो र चीनी दुई/दुई केजी, भटमास तेल १ लिटर, खाना पकाउने ग्यास १ सिलिन्डर र चामल अधिक्तम ३० केजीको व्यवस्था गरिएको छ । यसरी सामानको मुल्यमा सामान प्राप्त गर्नकोलागी ग्राहकले नागरिकता वा सरकारी परिचयपत्रको फोटोकपी भने अवस्य देखाउनु पर्ने व्यवस्था उक्त संस्थानहरुले गरेका छन ।