मेष राशि : – चु चे चो ला लि लु ले लो अ
यो साता . तपाईको स्वास्थ सम्बन्धी समस्या देखिनेछ । नोकरीबाट मानसम्मान मिल्नेछ । मुद्धा मामिलामा तपाईको जित हुनेछ । कुनैपनी निर्णय लिदा निकै सोचविचार गरेर निर्णय लिनु होला । यो साताको लागि शुभ अङ्क २ र ९ हुन भने शुभ रंगमा घिऊरंग हो । कुनैपनी सेवा कारमा गर्नुपूर्व भैरवनाथ भगवानको को पूजा गरि दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला अत्याधिक लाभ मिल्नेछ l
वृष राशि :- इ उ ए ओ वा वि वु वे वो
यो साता चोटपटक लाग्नसक्ने योग रहेको छ । अधिकार प्राप्तीकालागी निकै संर्घस गर्नपर्ने छ । साथीभाईले दिएको वचन फेर्नाले अप्ठ्यारोमा पर्न सकिनेछ । विवादमा पर्न सक्ने योग रहेको छ । तर साताको मध्यवाट भने वैदेशिक क्षेत्रको कार्य अगाडी बढ्ने छ । साथी भाई तथा आफन्तसंगको भेट्घाट ले मन प्रशन्न हुने छ । यो साताको लागि शुभअङ्क ४ र ७ हुन भने शुभरङ्ग मा निलो अथवा खैरो रङ्ग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व कुलदेवता को स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मिथुन राशि :- का कि कु घ ङ छ के को ह
यो साता कुनैपनि प्रतिस्पर्धाका काम वाट सफलता हात लाग्नेछ । एकपछि अर्काे अबसर प्राप्त हुनाले मन प्रशन्न हुने छ । तर साताको उतरार्धमा भने नोकरीवाट मानसम्मान मिल्ने छ । दाम्पत्य जीवन सुमधुर रूपमा अगाडी बढने छ। अग्रज तथा विशिष्ठ व्यक्तिको साथ सहयोग प्राप्त हुनेछ । यो साताको लागि शुभअङ्क २ र ९ हुन भने शुभरङ्ग सिन्दुरे रातो रंग रहेको छ। कुनै पनी शुभकर्म गर्नुभन्दा पूर्व पशुपतिनाथ भगवानको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता वोलीको भरमा कार्य सम्पादन हुनेछन । विपरीत वर्गबाट विशेष सहयोग प्राप्त हुने छ । प्रेम तथा प्रणय प्रसंगकालागि उत्तम समय रहेको छ । तर साताको उत्तराद्र्धमा भने आर्थिक कारोबारमा मन्दी छाउनेछ । महत्वपूर्ण काम विगार्न कोलाग विरोधीहरू लागिपर्ने छन निकै सोचविचार गरेर अगाडी बढनु होला। यो साताको लागि शुभअङ्क २ र ६ हुन भने शुभरङ्ग निलो रंग हो । कुनैपनी शुभकार्य गर्नुभन्दा पूर्व भैरवनाथ भगवानको ध्यान गरी पूजा गरि दर्शन नमस्कार गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
शिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईले गरेको लगानीले राम्रो प्रतिफल दिने छ । दाजुभाईको राम्रो साथ सहयोग मिल्नेछ। परिवारमा रमाईलो भेटघाट हुनेछ। शिव भगवानको स्तुती गर्दा तपाईलाई अत्याधिक आनन्द प्राप्त हुनेछ । यो साताको लागि शुभ अङ्क ३ र ८ हुन भने शुभरङ्ग हरियो वा सिन्दुरे रंग हो । कुनैपनि शुभकर्म गर्नभन्दा पूर्व गणेश भगवानको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्न होला तपाईलाई सफलता हात लाग्नेछ ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईको लगानी डुब्ने डर छ त्यसैले लगानी नगर्दा राम्रो होला । स्वास्थ्य प्रति निकै चनाखो रहनु होला अन्यथा विरामी पर्न सक्ने योग रहेको छ । मन अस्थीर एवं चन्चल रहने छ । सानातिना समस्याहरू देखापरी रहनेछन । तर साताको मध्यतिरवाट भने धार्मीक कार मा रुची बढ्नेछ । विशिष्ट व्यक्तिहरुले तपाईंलाई साथ दिनेछन । । यो साताको लागि शुभअङ्क ३ र ६ हुन भने शुभरङ्ग क्रिम रंग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व माहादेव भगवानको ध्यान गरी पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
तुला राशि :- रा रि रु रे रो ता ति तु ते
यो साता लामो समयदेखि रोकिएका कामहरु लाई पुन दोहोर्याएर प्रयास गर्दा कार्य सम्पादन हुनेछन । धार्मिक तथा सामाजीक काममा रची वढने छ । वैदेशिक क्षेत्रको कार्य अगाडी बढने छन । आर्दश व्याक्ती संग को सहकार्यले नया अनुभव प्राप्त हुनेछ । यो साताको लागि शुभअङ्क १ र ९ हुन भने शुभररंग सुन्तला रङ्गको रातो रङ्ग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व दुर्गा माताको पूजाआजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईं लाई अत्यधिक सफलता हात लाग्नेछ ।
यो साता तपाईंको घरमा अतिथीको आगमन हुने छ । विना प्रतिस्पर्धा नै सफलता हात लाग्नेछ । नया काम वा रोजगारीको अवसर प्राप्त हुनेछ । सामाजिक र धार्मिक कार्यमा रुची बढ्नेछ । शेयर बजारको लगानीले तपाईंलाई फइदा दिने छ । विपरीत वर्गबाट विशेष सहयोग प्राप्त हुने छ । यो साताको लागि शुभअङ्क २ र ९ रहेको छ भने शुभरङ्ग सेतो रङ्ग हो । कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व भगवान भोलेनाथ को ध्यानगरी पूर्जा गरी दर्शनगरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
धनु राशि: – ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईंको लागि रमाईलो र फाइदाजनक यात्रा हुने योग रहेको छ । पारिवारिक साथ सहयोग राम्रो रहने छ । शुन्दर पहिरनले तपाईंको व्यक्तित्वमा निखारता ल्याउनेछ । आम्दानीयोग्य कामहरूसंचालन गर्ने समय आएको छ । नया नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । साथीभाईको साथ सहयोग प्राप्त हुनेछ । यो साताको लागि शुभअङ्क ६ र ७ हुन भने शुभरङ्ग मा सेतो वा हरियो रङ रहेको छ। कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व पवनपुत्र हनुमानको स्मरण गरी दर्शन गरी कार्यारम्भ गर्दा सफलता हात लाग्नेछ ।
मकर राशि :- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता शुभ कार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रको कार्य अगाडी वढने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ । रमाईलो यात्राको योग रहेको छ । तर साताको उर्तरार्धमा भने विभीन्न चुनौती हरूको सामना गर्नु पर्नेछ। अनवश्यक ठाउमा धन खर्च हुनेछ । स्वास्थयप्रति निकै सचेत रहनुहोला। यो साताको लागि शुभअङ्क ३ र ५ हुन भने शुभरङ्ग कालो रङ्ग हो । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व माता दुर्गा भवानीको पूजा गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईं लाई सफलता हात लाग्नेछ ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता आफुले काम देखाएर अरूको मन जित्न सफल हुनुहुनेछ । परोपकारका क्षेत्रमा लगानी गर्ने वेला आएको छ । सामाजिक क्षेत्र मा रुची बढ्नेछ । रोकिएका कार्यहरु पुनःसञ्चालन गर्दाखेरि सफलतामा पुर्याउन सक्नु हुनेछ । साताको उत्तराद्र्धमा भने सामान हराउने योग रहेको छ । कुनैपनी निर्णय लाई कार्यान्वयन गर्न गाह्रो पर्ने छ। व्यस्तता बढने छ । । यो साताको लागि शुभअङ्क १ र ७ रहेको छ भने शुभरङ् हरियो रङ्ग हो । कुनैपनी शुभकर्म गर्नु भन्दा पहिले भैरवनाथ भगवानको ध्यानगरी दर्शन गरी पूजाआजा गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नाले शुभ फल मिल्नेछ ।
मीन राशि :- दि दु थ झ ञ दे दो चा चि
यो साता सुख सुविधाका साधन खरिद गर्ने योग रहेको ‘ धार्मिक कार्यमा रुची बढ्नेछ । आफन्त तथा साथीभाईले गर्दा महत्वपूर्ण कार्य संपादन हुनेछन । साताको मध्य वाट भने महत्वपूर्ण कार्यमा वाधा उत्पन्न गर्नेछन । प्रेममा मनमुटाव तया खटपट हुनसक्ने छ । । यो साताको लागि शुभअङ्क २ र ८ रहेका छन् भने शुभरङ् गुलावी रातो रङ्ग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व माता वंगलामुखीको पूजाआजा गरी दर्शन नमस्कार गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई अबस्य पनि सफलता हात लाग्नेछ ।
जयतु संस्कृतम् जयतु सनातनम्