फलित ज्योतिष :- नारायण भण्डारी
मेष राशि :- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईंको प्रेम सम्बन्ध को लागि श्रेण्ठ समय रहेको छ । समाजसेवा तथा धर्म कर्ममा रुचि बढने छ । निरन्तरताको प्रयासबाट लामो समयदेखि रोकिएका काम पुरा हुनेछन । लगनसिलता नगुमाई काम गर्नुभयो भने उपलब्धि हात लाग्नेछ । यो साताको लागि शुभ अङ्क ३ र ५ हुन भने शुभरङ्ग हरियो रङ्ग हो । कुनै पनि शुभकर्म र यात्रा गर्नुभन्दा पूर्व भगवान महादेव को ध्यान गरी पूजा गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
वृष राशि :- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईंको धर्म कर्ममा रुचि बढने छ । नया कामको थालनी गर्न उपर्युक्त समय रहेको छ । बोलीको प्रभाव बढ्नेछ । पारिवारिक पुनर्मिलन हुने योग रहेको छा तर स्वास्थ प्रति निकै सजग रहनुपर्ला अन्यथा विरामी पर्न सक्नुहुनेछ । यो साताको लागि शुभ अङ्क ८र ९ हुन भने शुभरङ्ग खैरो रंग रहेको छ । कुनैपनी शुभकर्म गर्नभन्दा पूर्व भगवानको स्मरण गरेर कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मिथुन राशि :- का कि कु घ ङ छ के को ह
यो साता तपाईंको अध्ययन अध्यापनको क्षेत्रमा राम्रो प्रगति हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । साताको अन्त्यमा भने वोल्दा निकै सोचविचार गरेर बोल्नु होला अन्यथा तपाईंको बोलिको विपरित अर्थ लाग्ने छ । यो साताको लागि शुभ अङ्क २र ९ हुन भने शुभरङ्ग पहेंलो वा हरियो रङ्ग हुन । कुनैपनी शुभकार्य गर्नु पूर्वपशुपतिनाथ भगवानको ध्यान गरी पूजा गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई आफन्तहरूको रामो साथ मिल्नेछ । तपाईले उन्नति एवं प्रगति गर्ने समय आएको छ । नया काम अथवा रोजगार प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरु लाई पुन दोहोर्याएर प्रयत्न गर्दा सफलतामा पुऱ्याउन सक्नुहुने छ । तर साताको अन्त्यतिर भने तपाईको लगानी डुब्ने योग रहेको छ । नया कामको थालनी भने नगर्दा राम्रो हुन्छ । यो साताको लागि शुभ अङ्क ४ र ८ हुन भने शुभरङ्ग सेतो वा रातो रङ्ग रहेको छन । कुनैपनी शुभकार्य गर्नुभन्दा पूर्व तपाईका इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
शिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईंको लागि मध्यम खालको साता रहेको छ ‘ तपाईले गरेका कामवाट अपजस व्यहोर्नु पर्ने छ । तपाईको अधिकार प्राप्तिकोलागि निकै संघर्ष गर्नपर्ने छ। तपाईको मान प्रतिष्ठा मा चोट पुग्ने छ। तर साताको उतरार्धतिर भने रमाईलो भागा को योग रहेको छ। वरत्रालंकार खरिद गर्न योग रहेको छ ।यो साताको लागि शुभ अङ्क १ र ५ हुन भने शुभरङ्ग गुलावी रातो रङ्ग हो । कुनैपनी शुभकर्म गर्नु पूर्व माता वंगलामुखिको पुजागरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईंको लागि प्राविधिक क्षेत्रको काम मा सफलता मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्नेछ । अवसरहरू प्राप्त हुनेछन् ति अवसरहरूको सहि समयमा सदुपयोग गरेमा तपाईको जिवनमा सकारात्मक प्रभाव पर्ने छ । प्रेममा खटपट हुन सक्छ सजग रहनुपर्ला । महत्वपूर्ण काममा वाधा उत्पन्न हुने योग देखिएको छ निकै सजग भएर अगाडि बढनु होला । यो साताको लागि शुभ अङ्क ३ र ४ रहेका छन् भने शुभरङ्ग ध्यु रंग रहेको छ । कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व भगवान भैरवनाथ को ध्यानगरी पूजागरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
तुला राशि :– रा रि रु रे रो ता ति तु ते
यो साता धर्मकर्म तथ समाजसेवामा मन जाग्नेछ । तपाईको मान प्रतिष्ठाको वृद्ध हुनेछ । रोकिएका कामहरु लाई पुन दोहोर्याएर प्रयत्न गर्दा कार्य सम्पादन हुनेछन । धार्मिक यात्राको योग रहेको छ । तपाईको जागिरमा पुरस्कृत वा पदोन्नती हुने योग रहेको छ । यो साताको लागि शुभ अङ्क ३ र ७ हुन भने शुभरङ्ग हरियो रङ्ग हो । कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व कुल देवताको स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु
यो साता तपाईंको रमाइलो यात्रा को योग रहेको छ । तपाईका आफन्तसंग प्रतक्ष वा प्रविधिको माध्यमबाट भेटघाट हुने योग छ । लगानि गरेको रकम फिर्ता आउने छ । धन संचय गर्ने समय आएको छ । यो साताको लागि शुभ अङ्क १ र ४ हुन भने शुभरङ्ग पहेंलो रंग रहेको छ । कुनैपनी शुभकर्म गर्नभन्दा पूर्व भगवान भोलेनाथको ध्यान गरी पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
धनु राशि :- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईंको मिश्रीत खालको साता रहेको छ । वाद विवाद र प्रतिस्पर्धा वाट टाढा रहनु उत्तम हुनेछ । तनाव र दवाव बढेको महसुस हुनेछ । तपाईले गरेका काममा अवरोध उत्पन्न हुनेछन । तर साताको उत्तरार्धमा भने मनमा हर्ष उमंग र उत्साह छाउनेछ । मुद्दा मामिलामा तपाईको पक्षमा फैसला हुनेछ। यो साताको लागि शुभ अङ्क २ र ९ हुन भने शुभरङ्ग रातो रङ्ग हो कुनै पनि शुभ कार्य र यात्रा आरम्भ गर्नु पूर्व नवग्रहको स्माण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मकर राशि:- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईंको साझेदारीमा गरेका कामव वाट राम्रो आम्दानी हुनेछ । सवारी साधन प्राप्त हुने योग रहेको छ । सामाजिक एवं राजनैतिक स क्षेत्रमा गरेका कामवाट राम्रो सफलता मिल्ने छ । साताको उत्तरार्धमा गरेको लगानी डुब्ने योग रहेको छ । नया नया कामको थालनी नगर्दा राम्रो हुनेछ । यो साताको लागि शुभ अङ्क ५ र ६ हुन भने शुभरङ्ग निलो रंग हो । कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व आशुतोष भगवान् कोध्यानगरी पुजा गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता धार्मिक कार्यहरुमा सहभागि हुने योग रहेको छ । आफ्ना आफन्तको सहयोग प्राप्त हुनेछ । शुभ कार्यको योग रहेको छ । तर साताको अन्त्यतिर आफ्नो अधिकार प्राप्तिकोलागी संघर्ष गर्नुपर्ने छ । विपरित वर्गप्रति आकर्षण बढने छ । यो साताको लागि शुभ अङ्क ५ र ७ हुन भने शुभरङ्ग पहेंलो रंग रहेको छ । कुनै पनि शुभकार्य र यात्रा आरम्भ गर्नु भन्दा पूर्व कार्य शिद्धि गणेश भगवानको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मीन राशि :- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईंको आफु भित्र रहेको क्षमता प्रदशन गर्ने अवसर जुर्ने छ । धार्मिक र सांस्कृतिक कार्यक्रममा उपस्थिति भई बिभिन्न किसिमका मनोरंजन प्रात गर्न सक्नुहुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । रमाईलो भागाको योग रहेको छ । यो साताको लागि शुभअङ्क ७ र ९ हुन भने शुभरङ्ग हरियो रङ्ग रहेको छ । कुनैपनी शुभकर्म गर्नभन्दा पूर्व माहामृत्युन्जयको ध्यान गरी पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
यो साता तपाईंको शुभ रहोस
जयतु संस्कृतम् जयतु सनातनम्