नारायण भण्डारी| १५ असार २०७८
हङकङमा रहेका संस्थाहरुमध्ये अविच्छिन्न रुपमा कार्यक्रम गर्दै आएको साहित्यिक संगठन हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो १०२औं शृंखला समयअनुसार असार महिनाको करिबकरिब नजिक परेको हुनाले यसैसँग सम्बन्धित रहेर असार १५ विशेष कार्यक्रम गरेको छ।
जसमा साहित्य साहित्यिक साझा श्रृंखला को संरक्षक रमण गुरुङको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो जसमा यसै संस्थाकी सह-संयोजक गीता अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। उक्त कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण साहित्य प्रेमी मनहरुले आ-आफ्ना रचनाहरु वाचन गरेर कार्यक्रमलाई आझ उत्कृष्ट बनाउनुभएको थियो। जसमध्ये पूर्णिमा जि शाह, सन्ध्या क्षेत्री, रोसन याक्सो, चन्द्र मादेन आन्छन जिले आफ्नो कविता सुनाउनु भएको थियो यसैगरी सुनिता गिरी, बल बाहादुर थापा, डोम राना, सन्धया आदिले कविता बाचन गर्नुभएको थियो भने नारायण भण्डारीले असारै व्यंग्य कवितालाई गीति लयमा ढालेर असारे भाकामा प्रस्तुत गर्नभएको थियो। यसरी नै नविन सुहाङ, लाल बाहादुर गुरुङ, दाजु गुरुङ, गीता अधिकारी टि वी याक्खा अरुमा शर्मा ज्योति सारमा लगायतले विशेषगरी असार १५ संग सम्बन्धित रचनाहरु वाचन गर्नुभएको थियो ।
यसैगरी उक्त कार्यक्रममा गायिकाद्वय बबिता राई र विन्नी लामाले गीतहरू गाएर कार्यक्रमलाई अझ रोचक बनाउनुभएको थियो। उक्त कार्यक्रमको जोडन स्थित नयाँ पेजको कार्यालयमा आयोजित कार्यक्रममा रचना बाचन सँगै समग्र कार्यक्रमबारे समीक्षा गर्दै साहित्यकार भूपेन्द्र चेमजोङले गहन समीक्षा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा असार १५ विशेष रहेकोले सदाका वर्षहरूमा झैँ यस वर्ष पनि दही चिउरा र केरा खाएर कार्यक्रमलाई जीवन्त पारिएको थियो । यसरी कार्यक्रमलाई समय अनुसार र नेपाली परम्पराअनुसार कार्यक्रम गरिँदै आएको कार्यक्रम गरिँदै विगत ९ वर्षदेखि यसरी नै कार्यक्रम गरिँदै आएको छ। यसरी नै उक्त कार्यक्रममा हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार हङकङमा रहेका विभिन्न व्यक्तित्वहरुको जस्तै साहित्यकार, पत्रकार, मूर्तिकार, चित्रकार, विद्यार्थी व्यापारी लगायत सम्पूर्ण नेपाली जनलाई उक्त कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको हुन्छ। यसरी नै उक्त कार्यक्रममा उपस्थिति भई बिभिन्न रचनाहरू बाचन गर्नुको साथै विभिन्न गितहरू सुनाउने पनि गरिन्छ र विभिन्न पुस्तकहरु प्रकाशन पनि गरिन्छ। अर्थात् पुस्तक-समीक्षा पनि गरिन्छ यसैगरी विभिन्न नव गायकगायिकाहरुका गीतहरू सुनाउँदै आउनुभएको छ।
यसरी नै विभिन्न रोचक रोचक कार्यक्रमहरु गर्दै समयअनुसार चल्दै आइरहेको हङकङ साहित्यिक साझा श्रृङ्खलालाई हाम्रो पनि शुभकामना छ। यसैगरी १०२औ नभएर सयौं सयौं श्रृंखलाहरु यसरी नै मनाउन पाऊ, हामी पनि स्वयं उपस्थित भएर कार्यक्रमको लाई प्रसारण गर्ने गरेका छौं भने हरेक रचनाकार हरूको रचनालाई भिडियो रेकर्ड गरेर हाम्रो youtube channel GO TV मापनी राख्ने गरेका छौं यदि यहाँले उक्त कार्यक्रमहरुका विगतका किशोरहरू पनि हेर्न चाहनु हुन्छ भने हाम्रो GO TV मा गएर उक्त विधिहरू हेरेर आनन्द लिन सक्नुहुन्छ र यदी यहाँहरु पनि उक्त कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने हरेक महिनाको अन्तिम आइतबार कार्यक्रम को बारेमा जानकारी लिन मनपर्छ भने कृपया हाम्रो पेजलाई गरी हामीसंगै रहनुहोला हामीले हरेक कार्यक्रमहरूको जानकारी यहालाई दिइरहेका हुनेछौं ।