नारायण भण्डारी हङकङ ८ एप्रिल २०२२
नेपाल एअरलाइन्सको धेरै समय भैसकेको छ र धेरैलाई धेरैकुराहरु थाहा नभएको वा कन्फ्युजन भएको अवस्था पनी छ। त्यसैले सबैलाई जानकारी होस र सजिलोको लागि यो समाचार यहॅा पोष्ट गरेको छु।
नेपालबाट हङकङ आउने नेपाल एयरलाईन्सको फ्लाईट RA 409 काठमाडौं- हङकङ १२ अप्रिल बिहान ४:०० बजे हङकङ एअरपोर्ट मा आइपुग्ने छ सोहि जहाज फेरी हङकङ समय बिहान ५:३० बजे काठमाडौं प्रस्थान गर्ने भएको छ।
नेपालबाट हङकङ आउने यात्रुहरु ११ तारिक साझको ५ः३० बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पुग्नुपर्नेछ त्यसैले आईतवार का दिन १० बजे देखि १ बजे सम्म टेकु अस्पतालबाट पि सी आर गर्नुहोला र सोमवारको फलाईटको लागि सजिलो हुनेछ। हङकङबाट नेपाल जाने यात्रुहरु ११ तारीकको मध्यराती (१२ः०० बजे)एयरपोर्ट पुग्नुहोला। कसैलाई पनी साह्रो गाह्रो नपरोस भन्ने हेतुले यो समाचार राखिएको हो।
सुचना यस प्रकार छ