१३१औ हङकङ साहित्यिक साझा श्रॅृखला बन्यो पारिजात बिशेष


 

नारायण भण्डारी हङकङ २९ अप्रिल २०२४

हङकङ साहित्यिक साझा श्रङ्खलाको १३१औं श्रॅृखला हिन्सको कार्यालय मङकोकमा हिजो सम्पन्न भएको छ। सदाको झै प्रतेक अंग्रेजी महिनाको अन्तिम आईतबार पारिजातको ३१औं स्मृति दिवशलाई पनि समाहित गरि कार्यक्रम सम्पन्न गरिएको छ।

स्व.पारिजातको संझनामा दियो प्रज्वलित गरि पुष्पगुच्छा र खदा ओडाएर उदघाटन गरिएको कार्यक्रमको संचालन शृंखलाका सहसंयोजक अरुणा शर्माले संचालन गरेको कार्यक्रममा अध्यक्षता भने संस्थाका संयोजक रमण गुरुङले गरेको थिए। बिशेष अतिथीमा साहित्यकार दाजु गुरुङ र देवेन्द्र खेरेस रहेका थिए।
उक्त साहित्यिक कार्यक्रममा सहभागी साहित्यकारहरुले ”पारिजात” लाई स्मरण गर्दै साहित्यिक रचनावाचन गरेका थिए। रचना वाचनको क्रममा गजलकार एवं कवि बज्र कुमार राईले वाचन गरेको कविता ओए पारिजातले वाहि वाहि र गडगडाहट तालि पाएको थियो यसरी नै रचना वाचन गर्नेहरुमा पत्रकार एवं कवि नारायण भण्डारी (संस्थापक गुल्मी खवर / गुल्मेली अनलाईन टिभी) रोशन याक्सो, अरुणा शर्मा, सुनिता गिरी, पूर्णिमा जी शाह, नरजित राई, दाजु गुरुङ र रमण गुरुङ लगायतकाले रचना वाचन गरेका थिए भने बेलायत साहित्य प्रतिष्ठानका उपाध्यक्ष देवेन्द्र खेरेसले पारिजातको विषयमा बोलेका थिए।

यसकासाथै नेपालका पत्रकार राजकुमार दिक्पालको ”पृथ्वी नारायण शाह (आलोचनात्मक इतिहास)” कवि गगन योक्पाङ्देनको ”केवाफुङको गीत”(कवितासंग्रह) र संखुवासभा समाज हङकङको “हाम्रो संखुवासभा” (मुखपत्र) वार्षिक विमोचन तथा परिचर्चा गरिएको थियो । यसरी हङकङका साहित्यकार, पत्रकाका, चित्रकार, लगायत नेपाली भाषि संपूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुको समेत सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

आगामी कार्यक्रम २६ मे २०२४ मा बिशेष कार्यक्रम जसमा उपन्यासकार उपेन्द्र कोरङ्गी गुरुङ उर्फ दाजु गुरुङको उपन्यास निरजोयाको लोकार्पण हुने समेत जानकारी यसैमार्फत गराउदछौ।


Translate »