नारायण भण्डारी हङकङ २६ जुलाई २०२२
हङकङमा अहिले गैरकानुनी कामदारहरुको संख्या ह्वात्तै बढेको छ। होटल रेष्टुरेन्ट सव्जिमार्केट लगायत कतीपय घरहरुमा पनी ईलिगल वर्करले कामगरेको भेटेपछि यसलाई कडाईको साथमा निगरानी र जाच गरीरहेको छ। काउलुन पूर्वी क्षेत्रीय रणनीतिक बल, वोंग ताई सिन जिल्ला पुलिस, साउ माउ पिङ जिल्लाको पुलिस, क्वुन टोङ जिल्लाको पुलिस , चुन क्वान ओ जिल्लाको पुलिस, अध्यागमन विभाग र श्रम विभाग संग मिलेर गैरकानुनी कार्य विरोधी कार्यक्रम हिजो २५ तारीख पनी जारि राखेको थियो ।
संयुक्त अपरेशनमा, काउलुन पूर्वी क्षेत्रका विभिन्न स्थानहरूमा छापा मारिएको थियो। अपरेशनका क्रममा कुल १४ जना २७ देखि ७३ वर्षका कामदारहरु पक्राउ परेका छन ।
जसमा ४ स्थानीय पुरुष, २ स्थानीय महिला, ३ मेनल्याण्ड पुरुष, १ भियतनामी पुरुष, ४ दक्षिण एसियाली महिला, २ इन्डोनेसियाली, १ थाई नागरिक र १ भारतीय रहेका छन।
तीमध्ये २ स्थानीय पुरुष र २ स्थानीय महिला अनुसन्धानको क्रममा धरौटीमा छुटेका छन र यसै महिनाको अन्त्यमा प्रहरीमा हाजिर हुनुपर्नेछ। पक्राउ परेका बाँकीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।