नारायण भण्डारी हङकङ
हङकङमा पनि निकै ढिलोगरी भएपनि हाम्रा पुर्खाहरुको योगदानमा आधारीत चलचित्र हेर्न पाईने भएको छ। किरात राई यायाक्खाले उक्त चलचित्र हेर्न पाउने मेसो मिलाएको कुरा प्रेस मिट गरी वताएको हो।
हामी नेपालीहरुले यू के हङकङ लगायतका देशमा बसोबासको अवसर कसरी पायौ, हाम्रा पिता पुर्खाले बृटिस सरकारको सेना बनेर के कसरी लडाई लडे कसरी साहदात प्राप्तगरेका थिए आदि आदि कुराहरु जान्नको लागि पनि यो सिनेमा हेर्नैपर्ने र यो कुनै बनाबटि कुरामा बनाईएको नभएर यो चलचित्र सत्य घटनामै आधारीत भएको कुरा अधिकांश बक्ताहरुले उक्त पत्रकार सम्मेलनमा बताएका थिए।
वाम्पो सिनेमामा दिउसो ३ बजेको सो बाट यो सिनेमा हेर्नपाईने र वाम्पो सिनेमा हङकङकै उत्कृष्ट सिनेमा हलहरुमध्येमा पर्ने सिनेमा मध्येको सिनेमा घर भएकोले उक्तहलमा सिनेमा हेर्दा छुट्टै आनन्द आउने पनि बताईएको छ।
टिकट र यसको प्रचार प्रसारको जिम्मा ZAP STUDIO हङकङलाई दिईएको कुरा समेत उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।