नारायण भण्डारी हङकङ ६ अक्टोवर २०२१
हङकङ सरकारले आफ्ना बृद्द नागरिक र सारिरीक दुर्बलता भएका आफ्ना नागरिकहरुलाई यातायात भाडा $२ प्रयोग गर्न पाउने उमेरको हदवन्दि कम गरेको छ । जसमा बिगतमा ६५ वर्ष मासिका र सारिरीक दुर्बलता भएका ब्याक्तिले मात्र पाउने कन्सेक्सन भाडा उपभोग गर्न पाउने ब्याक्तिहरुको उमेर ६५ बर्ष बाट ६० बर्षमा झारेको छ। र उक्त योजना लागु हुने समय भने आउदो २७ फेव्रुवरी २०२२ बाट लागु हुनेकुरा जानकारी गराएको छ।
उक्त योजनाबाट रातो मिनिबस, काईतोस र ट्रामलाइन मा पनी थप लागुहुने व्यवस्था यातायात विभागले मिलाउने भएको छ। यसको जानकारी यातायात विभागले कुन कुन रुटमा लागुहुने भन्नेवारेमा पनी सुचना निकालेर जानकारी आगामी बर्गषको पहिलो ३ महिनामा जानकारी गराउनेछ।
लेवर एण्ड वेलफर सचिव डा. लव चि कोङ ले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ। यस योजनाबाट ६ लाख भन्दा बढि मानिसहरु प्रतक्ष लाभान्वित हुनेछन।र यो योजनाले हङकङमा रहेका बृद्दाहरुलाई यातायात गर्न अझ बढि सुविधा पुग्ने बताउनुभएको छ।
यस भाडाको छुट योजनाबाट हङकङका बृद्द नागरिकहरुले यदि अझैपनी कामगरिरहेका छन भने उनिहरुलाई अतिरिक्त फाईदा यस भाडादरमा गरेको कटौतिले थप लाभान्वित गराउनेछ। र अब ६० देखी ६४ बर्षकायोग्य नागरिकहरुले भने आफ्नो साधारण अक्टोपस कार्ड परिवर्तन गरेर नयाँ हरियो कार्ड लिनुपर्ने छ र यसरी कार्ड लिनको लागि निबेदन २ अगष्ट बाट दिनुपर्ने हुन्छ र उनिहरुको जन्म मिती अनुसार पुरा विवरण भरेको निबेदकलाई उनिहरुको घरको ठेगानामा हुलाक मार्फत ४ हप्ता भित्रमा पठाउने व्यवस्था गरेको जानकारी गराएका छन।
आगामी २७ फेव्व्रुवरी भित्रमा फोटो नाम सहितको अक्टोपस कार्ड जारी गरिने छ र सोहि कार्डले साधारण अक्टोपस कार्डजसरी प्रयोग गर्न सक्नेछन। र सरकारले पहिलो पटकलाई अक्टोपस कार्ड अप्लाईगर्दा लाग्ने $२० छुट दिने व्यवस्था पनी गरेको छ र पहिलो पटकना $५० भन्दा बढि पैसा कार्डमा राख्नुपर्ने छ र उक्त ५०$ कार्ड बेच्ने बेलामा फिर्ता पाउने छन।
तर हाल ६५ बर्ष भन्दा माथीका नागरिकहरुले प्रयोग गरिरहेको कार्ड भने नियमित रुपमा प्रयोग गर्न सक्नेछन र यदि आवस्यक परेमा नयाँ कार्डको लागि हङकङ सरकारले २०२२ को पहिलो त्रैमासिकमा सुचना जारीगरेर उनिहरुलाई नया कार्डको व्यवस्था पनी गर्नेछ।
यस सम्बन्धी कुनै थप जानकारी चाहिएमा संपर्क नम्बर २२६६ २२२२ मा संपर्क गर्न सक्नुहुनेछ।