नारायण भण्डारी हङकङ १ अगस्ट २०२२
हङकङको जोर्डनरोड नं २२ मा रहेको लक्कि हाउसमा एकजना २० वर्षिय युवती माथी केहि युवाहरुले धारीलो चक्कुले आक्रमण हरेका छन। युवती उक्त भवनको भुईतल्लाको प्रवेश द्वारमा पुगेकी थिईन।
केटाहरुको समुहले आक्रमण गर्दा भाग्नेक्रममा उनको ह्याट र मोवाईल फोन भुइमा खसेर मोवाईलमा क्षती पुगेकोछ। पीडित युवती त्यसपछि पिल्केम स्ट्रिटमा दौडिद, नाथन रोडको जंक्शन हुदै बोरिङ स्ट्रिटमा बायाँ मोडिएर बचेकी थिईन।
नजिकैको भवनका सुरक्षा गार्ड र पैदल यात्रुहरूले सहयोगको लागि प्रहरीलाई बोलाएपछि अपराधीहरू तुरुन्तै भागेका थिए। घाइतेलाई उपचारका लागि घटनास्थलबाट एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । त्यतिबेला सम्म उनी सचेत अवस्थामा थिइन तर आक्रमणको कारण भने थाहा हुन सकेको छैन । प्रहरीले घटनास्थललाई अनुसन्धानका लागि कर्डेनअफ गर्यो र प्रारम्भिक रूपमा घटनालाई घाईते बनाएको घटना भनेर वर्गीकृत गरेको छ। उक्त घटनाबाट अहिलेसम्म कोही पक्राउ परेका छैनन।