हङकङमा जब २० वर्षकी केटिले आत्महत्या गर्न हाम फाल्नु अघि आफ्नो नाडि काटिन


 

नारायण भण्डारा हङकङ १५ जुलाई २०२२

हङकङमा आज १५ जुलाईका दिन बिहान ९ः२८ बजे तिर 20 वर्षकी एक महिलाले आफ्नो नाडीलाई धारिलो वस्तुले काटेर 27, ताइ यिप स्ट्रीट, नाउ ताउ कोकमा रहेको हङ शिङ औद्योगिक भवनबाट हाम फाल्ने धम्की दिएकी थिईन।

सौभाग्यवश उनलाई समयमै उनको प्रेमीले रोकेका थिए। उद्धारकर्मी घटनास्थलमा पुगेका थिए र सम्झाएपछि पीडित महिला अलिकति शान्त भइन र उनको स्वास्थ्यता साथै मानसिक अवस्था जाँचका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइयो ।

हङकङमा प्रेमी र प्रेमीकाको बिचमा सानो असमझदारीका कारण पनी कयौले आफ्नो प्राण त्यागेका हुन्छन भने अहिलेको समयमा बेरोजगार र आर्थिक तनावका कारण पवी आत्महत्या गर्न लाग्ने मानिसहरु धेरै छन पेराय हङकङमा १/२ वटा आत्महत्याका घटनाहरु दैनिक रुपमा घटिरहेका हुन्छन। त्यसैले कसैले पनी आफ्नो परिवारलाई आर्थिक र मानसिक रुपमा तनाव दिनेकाम बन्दगरौ जसले तपाईको परिवारमा अपुरणिय क्षति हुनबाट बचाऔ।

यदि तपाईंसँग आत्महत्या गर्ने प्रवृत्ति वा डिप्रेसन छ भने, कृपया २४सै घन्टा दोभासेको सुबिधा भएको हटलाइन The Samaritans Hong Kong: 28960000 मा कल गर्नुहोस।


Translate »