नारायण भण्डारी हङकङ १८ जनवरी २०२२
हङकङ सरकारले पाल्तु जनावरको बिक्रि गर्ने पसलमा संलग्न जनावरहरूको परीक्षण गर्दा Causeway Bay मा Little Boss अन्तर्गत धेरै स्टोरहरूमा ह्याम्स्टरहरूको नमूनाहरू चेक गर्दा डेल्टा भाइरस पत्ता लगायो।
साना पाल्तु जनावर बिक्रिगर्ने पसलमा कामगर्ने कर्मचारी (केस नं.१३०४७)मा कोरोना पोजिटिभ देखियो र जनावरबाट मानिसमा सर्ने सम्भावनालाई निकै सतर्कका साथ हेरीएको छ।
पसलमा गएका अर्का ग्राहकमा पनि भाइरसको संक्रमण देखिएको थियो । ६७ वर्षीया महिला बिरामी केलेट बेको ब्लक ए का सिंग हाउस, का लुङ कोर्टमा बस्छिन। ती महिलाले आफ्नी छोरीसँग जनवरी ४ मा लिटिल बोसमा ह्यामस्टर किनिन र ८ जनवरीमा फेरि पसलमा गएर संक्रमित महिला कर्मचारीसँग कुराकानी गरी ह्याम्स्टरका लागि केही खानेकुरा किनिन्। उनी करिब १० देखि १५ मिनेट पसलमा बसिन। बिरामीले कोरोनाभ्याक खोपको दुई डोज पहिले नै लगाईसकेका थिए। तर उनकी छोरीमा कुनै लक्षण छैन तर उनको श्रीमानको पनि प्रारम्भिक केस पोजेटिभ भेटिएको हो।
यसै जनवरी महिनाको ११ तारीक महिला कर्मचारीमा लक्षणहरू देखा परेपछि CHP सेन्टर फर हेल्थ प्रोटेक्सनले संक्रमण अवधिमा संपर्कमा रहेका मानिसहरुको कन्ट्र्याक ट्रेसिङ गरेको छ। ७ जनवरीदेखि महिला कर्मचारीसँग नजिकको सम्पर्कमा रहेका करिब १४३ ग्राहक थिए जसमध्ये ११२ जनाले फोन नम्बर ट्र्याक गरेका थिए र बाँकी २२ जनाले कुनै पनि फोन नम्बर छोडेका थिएनन।
महिला कर्मचारीले जनवरी १० तारीकमा काममा आइनन । ७ र १५ जनवरीमा (१० जनवरी बाहेक) उहाँसँग सम्पर्कमा आएका सबै ग्राहकहरू क्वारेन्टाइन बस्नुपर्ने हुनेछ। कुल संख्या लगभग १५० जना म छन।
यसैबीच, कृषि, मत्स्यपालन तथा संरक्षण विभागले रोकथामका उपायहरु अवलम्बन गर्ने जनाएको छ । पहिले, यसले थप परीक्षणको लागि Causeway Bay मा Little Boss र Tai Po को गोदाममा रहेका सबै जनावरहरूलाई लैजानेछ र सबै जनावरहरू मारिनेछन। हङकङमा ह्याम्स्टरहरू बेच्ने सबै घरपालुवा जनावर पसलहरूले बिक्री स्थगित गरिनेछ। कृषि, मत्स्यपालन र संरक्षण विभागका अनुसार हङकङमा ३४ वटा पाल्तु जनावर पसलहरू छन जसले ह्याम्स्टरहरू बेच्छन जसमा कुल १,००० ह्याम्स्टरहरू छन र ती सबैलाई मार्नु आवश्यक छ। ह्याम्स्टर र साना जनावरहरू सहित लगभग २,००० जनावरहरू मार्नु पर्ने अनुमान बिभागले गरिको छ।