नारायण भण्डारी हङकङ २८ अक्टोवर २०२१
हङकङको नेपाली व्यवसायिक ईतिहासका पिता एवं वरिष्ठ समाजसेवी दाता त्रिलोक एवं गोपाल विश्वकर्मालाई मातृशोक परेकाछ। हङकङमा दशकौ अघिदेखी रेष्टुरेन्ट व्यवसाय चलाउदै आउनुभएका विश्वकर्मालाई धेरै नेपाली र भारतीय नागरिकका गड फादर पनी मान्ने गरेका छन र धेरैको सपनाको सहर हङकङमा वसोवास गर्ने सपना साकार पारिदिएका विश्वकर्मा लाई अंग्रेजी महिना अक्टोवरमा मातृशोक परेको हो।
गुल्मी जिल्ला ग्वाघाका स्थाई बासिन्दा र हाल दशकौ अघिदेखी हङकङलाई कर्मथलो बनाउदै आउनु भएका त्रिलोक र गोपाल दुई दाजुभाई एवं ३ दिदीबहिनी माया, अनिता र पुष्पा विश्वकर्मालाई मातृशोक परेको हो । उहाहरुकी ममतामयी माता श्रीमती लक्ष्मी विश्वकर्माको ८० वर्षको उमेरमा हङकङको चुन क्वान ओ मा आफ्नै निवासमा निधन भएको हो।
यस दु:खद घडिमा मृतआत्माको चिरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारमा गहिरो समबेदना व्याक्त गर्दछौ गुल्मेली अनलाईन टिभी परिवार एवं संस्थापक नारायण भण्डारी
यहि अक्टोवर ३१ तारीकका दिन हुङहामको ईन्टरनेसनल फ्युनरल पार्लरमा अन्त्येष्टि गरीने भएको छ।