हङकङको सेन्ट्रलमा भएको गोलिकाण्डका अभियुक्त २३ वर्षे नेपाली ठिटो ६० हजार धरौटिमा रिहा


नारायण भण्डारी हङकङ २६ अगस्ट २०२२

हङकङमा यस वर्ष जुन १० तारिखको बिहान सबेरै सेन्ट्रलमा गोली हानाहान भएको थियो। वाइन्डहम स्ट्रिटमा ७ यात्रु बोकेको सेतो कार गुडिरहेको बेला एउटा निजी कारले त्यसलाई छोयो र केही व्यक्तिले कारबाट हाम फालेर ७ यात्रु सवार कारलाई चक्कु प्रहार गरेका थिए । बन्दुकको आवाज सुनेको आशंकामा आक्रमणकारीहरु तुरुन्तै भागेका थिए । प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरी मुद्दा दायर गरेको छ भने केही प्रतिवादीलाई अदालतले धरौटीमा रिहा गरिसकेको छ ।

मुद्दामा थुनामा रहेका नेपाली मूलका प्रतिवादी २३ वर्षीय गुरुङ थरका व्याक्तिले आज २६ तारिखका दिन उच्च अदालतमा धरौटीका लागि निवेदन दिएका छन् । बयान सुनेपछि, न्यायाधीशले उनलाई HK $६० हजार नगद र HK $४० हजार व्यक्तिगत सुरक्षामा जमानतमा बाहिर जान अनुमति दिएको छ तर उसले प्रहरी चौकीमा पनि रिपोर्ट गर्नुपर्छ र रातको कर्फ्यूको पनि पालन गर्नुपर्छ।


Translate »