नारायण भण्डारी हङकङ ३१ जनवरी २०२२
हङकङमा आज ३१ तारिखका दिन बिहान लगभग ०८ः३९ बजे तिर एक २५ वर्षीय व्यक्तिले लेई वोङ हाउस, लेई यू मुन एस्टेट, यान विङ स्ट्रीट, याउ टोङमा रहेको आफ्नो अपार्टमेन्टमा आफूलाई धारिलो चक्कु प्रहार गरेका थिए।
घटना घटेको थाहा पाउना साथ उनको परिवारले मद्दतको लागि पुलिसलाई तल गरेको थियो।पुलिसले रिपोर्ट पाएलगत्तै त्यहाँ पुगेका प्राथमिक उपचारगर्नेहरुले अचेत भएका व्याक्तिलाई उद्धारका लागि अस्पताल पठाए थिए। दुर्भाग्यवश, उनको अन्ततः मृत्यु भएको पुष्टि भयो। प्रहरीले घटनास्थलमा सुसाइड नोट फेला पारेको छ । उनी भावनात्मक र कामको समस्याबाट पीडित भएकोले आत्महत्या गर्नपरेको कुरा लेखेका थिए। पोस्टमार्टमपछि मृत्युको कारण खुल्नेछ ।
हङकङमा पछिल्लो समयमा काम नपाउने तथा भएको काम बाट निकाल्नाले धेरैजनामा मानसिक समस्या समेत देखापरेको छ। त्यसैले तपाईपनी आफ्नो गरिरहेको काममा निकै होसियार भएर काम गर्नुहोला न कि तपाईलाई पनी भोलि यस्तै समस्या नपरोस ।
यदि तपाईंसँग आत्महत्या गर्ने प्रवृत्ति वा डिप्रेसन छ भने, कृपया २४सै घण्टा बहुभाषाबोल्ने व्याक्तिहरुको पनी व्यवस्था रहेको हटलाइन The Samaritans Hong Kong: 28960000 मा कल गर्नुहोस्।