जुन ३० तारिखमा हङकङमा पुजार सार्कीको प्रिमियर सो गर्ने


नारायण भण्डारी हङकङ ०२ जुन २०२४

हङकङमा नेपालीहरु करिब २५ देखि ३० हजारको हाराहारीमा बसोबास गर्दै आईरहेका छन । कोभिडको बेला निकै कडा परिस्थितिले गर्दा नियमित गर्ने कार्यक्रम पनि स्थगित गर्नुपरेको थियो भने अहिले हङकङको जनजीवन सामान्य भैरहेको छ र नेपालीहरुको लागि नेपाली कथानक चलचित्रहरुको प्रिमियर गर्ने क्रम पनि बाक्लिदै गैरहेको छ त्यसरी नै आज २ जुन २०२४ का दिन वाम्पोको सिनेमा घरमा  गोर्खाहरुको बिरकथा समेटिएको चलचित्र “गोर्खा वारीयर” को प्रदर्शन गरियो भने यहि ३० जुन २०२४ का दिन नेपाली कथानक चलचित्र “पुजार सार्की” को प्रिम्यर शो गर्ने भएको कुरा १ जुन २०२४ का दिन जानकारी सभाको आयोजना गरी जानकारी गराईएको थियो।

बिशेषतः हङकङमा आज प्रिमियर गरिएको चलचित्रले लाहुरेको ईतिहासलाई चलचित्रमा उतारेको थियो भने पुजार सार्की ले मानिसको जात र जात जाति भित्र रहेको जातिय छुवाछुतलाई लिएर चलचित्र बनाएको जानकारी आयोजक कमिटिले जानकारी सभामा जानकारी गराएका थिए।

नेपालका अहिलेका चर्चित नायक त्रय पल शाह, प्रदिप खडका र आर्यन सिगदेललाई प्रमुख भुमिकामा लिएर चलचित्र तयार पारिएको छ। यिनै ३ जना नायकहरुको वरीपरी घुमेको कथा रहेको छ र बिशेषतः नेपालमा प्रजातन्त्र आएको ४० वर्षहुदापनि छुवाछुत नहटेको कुरालाई कथामा जोडतोडका साथ प्रस्तुत गरिएको छ।

यस चलचित्रमा नायक त्रयमा आर्यन सिग्देलले पुजारको को रोल, प्रदीप खड्काले मैतबहादुर नामक दलित युवाको भुमिका र पल शाहले क्रान्तिकारी र प्रगतीसिल युवाको भुमिकामा चित्रण गरीएको छ।  नायिका द्वय अञ्जना वराईली दलित यिवतीको भुमिकामा छन भने परीक्षा लिम्वुले माथिल्लो जालको भुमिका निर्वाह गरेकी छन।

यश चलचित्रमा बिशेषतः २ वटा कुरालाई जोडदारमा उठाईएको छ जसमा पहिलो रहेको छ के शास्त्र पढे बाहुन भईन्छ ? र दोस्रोमा के देशमा व्यवस्था बदलिएर जातिय छुवाछुट हटेको हो ?  यसअघिका २ चलचित्र प्रसाद र प्रकाशवाट जातिय बिभेद र भौगोलिक विपन्नताको कुरा उठाएका दिनेश राउतले यो पुजार सार्कीमा पनि जातिय छुवाछुतको वारेमा चलचित्र बनाएका हुन।

यश कथाको ट्रेलर अनुसार यश चलचित्रको कथा अन्तर्जातिय संबन्धको जटिलताको बरिपरि घुमेको देखाएको छ। मन्दिरमा पुजारी भएको आर्यन चलचित्रकी मैया नामकी पात्र (अञ्जली बराईली) लाई मन पराउछन र आफ्नो बिबाहको लागि आफ्नो जातबाट तल झर्न समेत तयार भएको देखाईएको छ र उसले व्रह्मण जात होईन व्यवहार हो शात्र पढेमा ब्रह्माण भईन्छ भन्दै मैतेलाई शास्त्र पढ्न प्रेरित गर्दछ। यसै सेरोफेरोमा कथा घुमिरहेको छ।

बाकि सबै कुरा जान्न र हेर्नको लागि हङकङमा ३० जुनलाई कुर्ने पर्नेछ। ल है सबैजनाले ३० जुन २०२४ का दिन छुट्टि मिलाउनुहोला संगै बसेर चलचित्र हेर्नुपर्दछ।


Translate »