हङकङमा पनि सदाका जस्तै श्री ५ वडामाहाराजधिराज पृथ्वी नारायण शाहको ३०३औ जन्म जयन्ती भव्यताका साथ सम्पन्न


नारायण भण्डारी हङकङ १३ जनवरी २०२५

हङकङको जोडनमा रहेको याक एण्ड यती रेष्टुरेण्टको सभाहलमा आयोजना गरीएको ३०३औ पृथ्वी जयन्ती एवं राष्ट्रिय मेलमिलाप दिवसमा  राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले हङकङ पुगेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका हुन । उपाध्यक्ष पाण्डेले हङकङमा प्रवासी नेपाली एकता समाजले गरेको कार्यक्रममा पुगेर पृथ्वी जयन्ती मनाएका हुन् । पाण्डे पार्टीका सह–महामन्त्री बिजय खड्कासहित हङकङ पुगेका थिए । हङकङमा प्रनेसले आयोजना गरेको कार्यक्रमको सभापतित्व समाजका नव अध्यक्ष तुलसी उप्रेतीले गरेका थिए साथमा मा पाण्डोले दोसल्ला र माला लगाईदिएर नव अध्यक्षलाई समाजको अध्यक्ष घोषणा गरेका थिए। कार्यक्रममा प्रमुख अतिथी मा. विक्रम पाण्डे तथा बिशिष्ठ अतिथीमा सह माहामन्त्री बिजय खडका रहेका थिए भने कार्यक्रम संचारकर्मी एवं गुल्मी खवरका संस्थापक नारायण भण्डारीले गरेका थिए। कार्यक्रममा समाजका सचिव प्रविण कार्किले शुभकामना मनतव्य राखेका थिए भने विभीन्न संघ संस्थाबाट आमन्त्रीत व्याक्तित्वहरुले आ-आफ्नो मन्तव्य राखेका थिए। अधिकांस वक्ताहरुले पृ्थ्वी नारायण शाहको योगदानको कदर गरेका थिए भने नेपाली राजदुतावास र नेपाल एयरलाईन्सको कार्यप्रणाली माथी दुखेसो पोखेका थिए भने  कार्यक्रममा हङकङ साहित्यिक साझा श्रृंखलाकी पूर्व सहसंयोजक पूर्णिमा जि शाह र कवि एवं संचारकर्मी नारायण भण्डारीले पृथ्वी नारायण शाह संवन्धी कविता सुनाएका थिए।

A7R09846

प्रवासी नेपाली एकता समाजले आयोजना गरेको कार्यक्रममा हङकङमा रहेका राजनीतिक भात्रीसंगठनहरुका अध्यक्ष लगायत प्रतिनिधीहरु समाजसेवीहरु, बिभिन्न समाजका अध्यक्ष र प्रतिनीधिहरु साहित्यकारहरु पत्रकारहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको आकर्षणको चर्चामा रहेका रा प्र पा का बरिष्ठ उपाध्यक्ष समेत रहेका  मा. विक्रम पाण्डेले सभालाई सम्बोधन गर्दै  सुरुमा नै भनेका थिए  जसरी पृथ्वीनारायण शाहको बारेमा जसरी चिन्ता लिनु भएको छ । त्यसरी नै राप्रपाले अघि सारेको सैद्धान्तिक विषयलाई पनि साथ दिनुहोस। बास्तवमा पृथ्वी जयन्ती एवं राष्टिय एकता दिवस प्र ने ए समाजले मात्र नभएर सबै नेपालीले संयुक्त रुपमा आयोजना गर्नुपर्ने हो हाम्रो देश नेपालमा विदेशीले नागरिकता पाउनुपर्छ भनेर नागरिकता विधेयक बनाइयो बिदेशीले सहजै नागरिक्ता पाउछन तर हाम्रै नेपालीले पाउदैनन। तर विदेशिएका नेपालीले नेपालमा लगानी गर्छु भन्दा निकै  गाह्रो छ । देशलाई माया गर्ने नेपाली एक नहुँदासम्म, रैथाने भाषा र जाती एक नहुँदासम्म मुलुक बाँच्न नसक्ने उनले बताए ।

सभामा बोल्दै गोरखाबाट आएका राजाले देशको नाम नै गोरखा बनाउन सक्ने अवस्था हुँदाहुँदै सबैलाई समेटेर नेपाल बनाएको स्मरण गर्दै पाण्डेले मूल्यवान संस्कृति धर्म र परम्परा जोगाउनका लागि सबै एकजुट हुनुपर्ने बताए ।

पाण्डेको उपस्थितिमा समाजका अध्यक्ष तुलसी उप्रेतीले कृति चिल्ड्रेन सेन्टरलाई हङकङ डलर ६,२५० नगद सहयोग गरेका थि ए। अटिजम सम्बन्धी बालबालिकाको उपचारका लागि काम गरीरहेको संस्था कृती चिल्ड्रेन फाउण्डेसनका संस्थापक पुष्पा गुरुङ लाई उनले यस्तो सहयोग गरेका हुन् । स्मरण रहोस गतवर्ष २०२४ डिसेम्वरमा रा प्र पा का अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ भ्रमणमा रहेका बेला ए जी एक्सप्रेसका अध्यक्ष उप्रेतीले आफुले नेपालमा सामान पठाउदा प्रतीकेजीमा आउने नाफाको ०.५% लाभांस कृती चिल्ड्रेन फाउण्डेसनलाई दिने घोषण गरेका थिए। ए जी एक्सप्रेस बिशेषतः कार्गो र कुरीयरको क्षेत्रमा दिन २ गुणा रात ४ गुणाका हिसावले काम गरीरहेको संस्था हो ।


Translate »