नारायण भण्डारी हङकङ ६ जनवरी २०२२
हङकङ स्वास्थ्य विभाग र अस्पताल प्राधिकरणले आज दिउँसो ४ः३० बजे COVID-19 को पछिल्लो अवस्थाको बारेमा एक मिडिया सम्मेलनको आयोजना गरेको थियो। संक्रामक रोग शाखा प्रमुख डा. चुआंग शुक-क्वानले घोषणा गरे कि त्यहाँ ३३ नयाँ COVID-19 पुष्टि भएका घटनाहरू भएको जानकारी गराएका छन।
जसमध्ये ३० जनामा कोरोनाको नयॅा भाईरस ओमिक्रोन शंका गरेको छ। केसहरू मध्ये २८ जना आयातित केसहरू थिए, जसमा २ चालक दलका सदस्यहरू र ११ फिलिपिनो घरेलु कामदारहरू थिए। बाँकी ५ केस आयातसँग सम्बन्धित, ४ क्याथे प्यासिफिक फ्लाइट अटेन्डेन्टकी आमासँग सम्बन्धित र १ मुन प्यालेस क्लस्टरसँग सम्बन्धित थिए।
यसअघि पत्ता लागेको इन्डोनेसियाली घरेलु कामदार चर्च गएको र सोही स्थानमा अर्की इन्डोनेसियाली घरेलु कामदारलाई पनि संक्रमण भएको डा चुआङले बताए ।