आजपनी हङकङमा कोरेना ३३ जनामा ३० जनामा अमिक्रोनको …


52D6A1F0 C46E 4F45 9DDF CD4AE00629BF

नारायण भण्डारी हङकङ ७ जनवरी २०२२

हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा. चुआङ शुक-क्वानले आज दिउसो ४.३० बजे पत्रकार सम्मेलनमा कुल ३३ जना कोभिड-१९ का केसहरू देखिएको जानकारी गराएका छन। तीमध्ये ३० जना ओमिक्रोनको शंकास्पद छन। बाँकी अझै परीक्षण भइरहेको छ यसैबीच, आज करिब ३० जनामा प्रारम्भिक केसहरू रिपोर्ट गरिएको छ।

आजका २६ जना संक्रमित आयातित केश हुन। तीमध्ये एक जना जर्मनीबाट केबिन क्रु सदस्य, ५ जना अमेरिकाबाट, ७ जना विदेशी घरेलु सहयोगी (डोमेस्टिक) फिलिपिन्सबाट, ८ जना फ्रान्स, बेलायत, फिनल्याण्डबाट दोहा हुँदै र ५ जना जर्मनीबाट आएका छन् ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडवर्ड सुईले भनेका छन कि आजसम्म १४० ओमिक्रोन केसहरू रेकर्ड गरिएको छ। ती मध्ये, क्याथे प्यासिफिक उडान परिचर (केस नम्बर १२७५४) को आमाले फैलाएका १३ जनामा सारेको बताएका छन। कम्तिमा ३ वटा प्रसारण चेनहरू सिर्जना गरे, र ती मध्ये एक चाहि चौथो पुस्ताको प्रसारण थियो।

७ जना प्रारम्भिक केसहरू आयात-सम्बन्धित केसहरूको रूपमा पुष्टि भएका छन्। ती मध्ये एक ३७ वर्षीया महिला हुन् जो कजवे बेमा बस्छिन् र वान चाइको रिजर्भा इबेरिका रेस्टुरेन्टमा विटम्यान हङको जन्मदिनको पार्टीमा सहभागी भएकी थिइन। पार्टीमा उच्च सरकारी अधिकारीसहित १ सय ७० जनाको सहभागिता रहेको थियो । तीमध्ये करिब ७० जना राति ९:३० पछि सम्म बसेका थिए । जन्मदिन क्लस्टरसँग जोडिएको अर्को नयाँ प्रारम्भिक केस जोयस येउङ, एक RTHK प्रसारक कर्मचारी हुन।


Translate »