हङकङमा आज कोरोना संक्रमितको संख्या ३४,४६६ जना अहिले सम्मकै उच्च संक्रमण ८७ जनाको मृत्यु


175D8002 C5F8 4460 AB28 DD7B03F98AD5

नारायण भण्डारी हङकङ २८ फेब्रुअरी २०२२

हङकङमा कोरोनाको बिगबिगी निकै बढिरहेको छ। दैनिक रुपमा कोरोना संक्रमितको संख्याले नयॅा रेकर्ड बनाउदै लगिरहेको छ। हिजो २६,०२६ जनामा रहेको संक्रमण आज भने ३४,४६६ जनामा पुगेको छ।

हुनत अर्को तर्फ कोरोना संक्रमितलाई सरकारसे केहि खुकुलो नियम पनी बनाउदै लगेको अबस्था छ जसमा १४ दिनको क्वारेन्टाईन बाट ७ दिनमा झारेको छ। दुबै डोज खोप लगाएका मानिसलाई कोरोना पोजेटिभ देखिएको ६ र ७ दिनमा चेक गर्दा नेगेटिभ आएमा उकेत व्याक्तीको क्वारेन्टाईन समाप्त भएको हुन्छ भनेर सरकारले नया नियम बनाएकोछ। तर कोरोनाले यसरी हङकङका सबै नागरिक मेरै आफन्त हुन जसरी सबैको घर घर मा पुग्दा अर्कोतर्फ नागरिकहरुमा आतंक समेत फैलिएकोछ।

अब छिट्टै हङकङ सरकारले कोरोना चेक गर्न आफ्ना नागरिकहकरलाई अनिबार्य गराउनेमा पनी बिस्वस्थ हुन सकिन्छ। आज मृत्युहुनेहरुमा ८७ जना रहेका छन जसमा १० जना कोरोना बिरुद्धको दुबै डोज खोप लगाएका हुन।आज पनी जम्मा ४ जना आयातित केस हुन भने ३४,४६२ जना स्थानिय संक्रमित हुन।


Translate »