नारायण भण्डारी हङकङ ६ सेप्टेम्बर २०२२
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ४६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन।
सोमबार बेलुका ८.३० बजेसम्म १६ जना बेपत्ता र ५० भन्दा बढी घाइते भएको सिचुआन प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका उपनिर्देशक वाङ फेङले बताए।
मृत्यु हुनेमा २९ जना लुडिङ काउन्टीको प्रशासन गर्ने गान्जी तिब्बती स्वायत्त प्रिफेक्चरका थिए भने अन्य १७ जना यान शहरका थिए।
गन्जीको भूकम्प राहत मुख्यालयले भूकम्पको उच्च स्तरको आपतकालीन सहयोगलाई सक्रिय गरेको छ।
सोमबार दिउँसो १२.५२ बजे लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC) ले जनाएको छ ।
भूकम्पको केन्द्र २९.५९ डिग्री उत्तर अक्षांश र १०२.०८ डिग्री पूर्वी देशान्तरमा १६ किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु लुडिङ जिल्लाबाट ३९ किलोमिटर टाढा रहेको र भूकम्पको केन्द्रविन्दुको पाँच किलोमिटर दायराभित्रका धेरै गाउँ छन् ।