नारायण भण्डारी हङकङ २१ जुलाई २०२२
हङकङको वान चाइ जिल्ला प्रहरू विशेष ड्युटि टोलीले अध्यागमन विभागका अधिकारीहरूसँग मिलेर हिजो २० तारीख बिहान करिब ६ बजे अवैध श्रम विरुद्धको अभियान सुरु गरेको थियो र जिल्लाका धेरै ठाउँमा छापा मार्यो। अपरेसनको क्रममा, अफिसरहरूले २५ देखि ४८ वर्ष उमेरका पाँच इन्डोनेसियाली महिलाहरूलाई हङकङको परिचय पत्रको साथ “बस्ने अवस्थाको उल्लङ्घन” अर्थात ओभर स्टे गरेको आशंकामा पक्राउ गरे।
ती मध्ये एक जना प्रहरीको खोजिमा रहेका व्यक्ति थिईन। पक्राउ परेका सबैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ र केहीलाई पछि अनुगमनका लागि अध्यागमन विभागमा पठाइनेछ। वान्टेड युवतीलाई समयभन्दा बढी बसेको अभियोगमा यसअघि पक्राउ गरिएको र पछि धरौटीमा रिहा भए पनि समयमै प्रहरी चौकीमा खबर नगरेको भन्दै वान्टेड गरिएको बुझिएको छ ।