हङकङमा आज कोरोना संक्रमितको संख्या ७५३३ जना ११ महिनाको वच्चा सहित १३ जनाको मृत्यु


29F7F6DA E87D 429B ADB6 C98DB4572571

नारायण भण्डारी हङकङ २१ फेब्रुअरी २०२२

हङकङ स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा अल्बर्ट औ का विङले आज  ४ः३० बजेको नियमित कोरोना अपडेट पत्रकार सम्मेलनमा ७,५३३ नयाँ कोभिड-१९ पुष्टि भएको घोषणा गरेका छन। जसमा २० केसहरूमा डेल्टा भेरियन्ट रहेका छन।

अझै सम्मपनि ३ हजार ८ सय ३ बिरामी अस्पतालमा भर्ना भइरहेका छन् । पेनीबेको क्वारेन्टिनमा २१०० भन्दा बढी बिरामीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। डोर्सेट होटल चुन वानमा थप २ सय बिरामीलाई क्वारेन्टाइनमा राखिएको छ ।

पछिल्लो २४ घण्टामा ११ महिनाको वच्चा ९७ वर्षका ७ पुरुष र ६ महिलासहित १३ जनाको मृत्यु भएको छ । ११ महिनाको शिशुलाई यसअघि चुन क्वान ओ अस्पतालमा भर्ना गरिएको थयो। उनको अवस्था बिग्रँदै गयो र हिजो साँझ ६ः५९ मिनेटमा उसको निधन भएको हो । सार्वजनिक अस्पतालमहरुमा रहेका आइसोलेसन बेडको प्रयोग ९२ प्रतिशत पुगेको छ ।

फेब्रुअरी १५ मा, हङकङ बाल अस्पतालको बाल चिकित्सा सघन हेरचाह इकाईमा अस्पतालमा भर्ना भएकी कोभिड-१९ संक्रमित ३ वर्षीया बालिकाको मृत्यु भयो। प्रारम्भिक सकारात्मक परीक्षण गर्ने अर्को ४ वर्षीय वालकको पनि पहिले नै मृत्यु भयो।

यसरी वालबालीकाहरु पनी कोरोनाको संक्रमणको कारण सिक्स्त बिरामी पर्ने र मृत्यु समेत हुन थालेपछि ज्वरो आएका वा कोरोना लागेका बच्चाहरुलाई तुरुन्तै नजिकैको अस्पतालमा पुर्याउएर उपचार गराउनाले छिट्टै बिरामीको अवस्थामा सुधार आउछ।


Translate »