नारायण भण्डारी हङकङ २७ फेब्रुअरी २०२२
हङकङमा पछिल्लो २४ घन्टामा ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएको छन भने संक्रमण हुनेको संख्या २६,०२६ पुगेको छ। मृत्यु हुनेहरुमा एकजना भने कोरोनाको तेस्रो डोज खोप पनी लगाएका बिरामीको मृत्यु भएको सेन्टर फर हेल्थ प्रोटेक्सनका डा. अल्बर्ट एयुले बताएका छन।
ति मध्ये ७ वटा आयातित केस हुन भने २६ हजार १९ स्थानीयका थिए । जाच गरिएकामध्ये ५ हजार ८६६ अस्पताल प्राधिकरणबाट, १ हजार ७३६ स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी १८ हजार ४२४ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका हुन।
यसैबीच, ५ हजार ९२१ बिरामी अझै अस्पतालमा भर्ना भइरहेका छन। पेनी बेमा रहेको क्वारेन्टाईनमा करिब ७०० बिरामीलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म ६० जना बिरामीको अवस्था क्रिटिकल छन भने ७४ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको मृत्यु भएको छ । तिनीहरू १९ देखि १०० वर्षका ५३ पुरुष र ३० महिला थिए।
हङकङमा २ वर्षअघि महामारी सुरु भएयता ७ सय १७ बिरामीको मृत्यु भइसकेको छ ।भने आजसम्म अस्पतालको ९० प्रतिशत शैया प्रयोग भइसकेको छ यसरी नै ३ सय ८१ जना बिरामी डिस्चार्ज भएका छन् ।
भर्ना स्क्रिनिङका क्रममा थप ३० जना बिरामीमा कोभिड-१९ पोजेटिभ देखिएको छ र करिब ४५ नजिकका सम्पर्कहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने भएको छ।हालसम्म अस्पताल प्राधिकरणका २ हजार ७६६ कर्मचारीमा पोजेटिभ देखिएको छ ।
सचेत बनौ सजग होऊ कोरोनाको माहामारीबाट बचौ र बचाऔ।