नारायण भण्डारी १३ सेप्टेम्बर २०२२
हङकङमा आज बिहान करिब ९ः४५ बजे एक २८ वर्षीय युवतिले आफ्नी आमालाई म्यासेज पठाएर उनी आफ्नो जीवन समाप्त गर्न चाहेको कुरा बताए। त्यसपछि उनले छोरालाई बोलाउन खोजिन तर असफल भइन अर्थात कल पिकअप भएन । त्यसपछि उनले सहयोगका लागि प्रहरीलाई सम्पर्क गरिन। बिहान करिब १०.१६ बजे पछि युन लङको लङ फाई रोडमा पार्किङ गरिएको एउटा निजी कारबाट धुवाँ निस्किएको आशंकामा प्रहरीले एक यात्रीबाट रिपोर्ट प्राप्त गर्यो।
उद्धारकर्मीहरू पुगेर पीडितलाई निजी कारको बाहिर अचेत अवस्थामा भेटे गाडीभित्र जलेको कोइलाको भाँडो राखिएको समेत भेट्टाए। पीडित महिला अर्धचेत अवस्थामा थिइन र उनलाई उपचारका लागि पोक ओइ अस्पताल लगिएको थियो । पछि उनलाई होश आयो र प्रहरीले घटनास्थलबाट सुसाइड नोट बरामद गरेको छ । पीडितको आर्थिक समस्या रहेको बुझिएको छ ।
यदि तपाइँसँग आत्महत्या गर्ने प्रवृत्ति वा डिप्रेसन छ भने, कृपया 24-घण्टा बहु-भाषिक हटलाइनलाई सामरिटन्स हङकङमा कल गर्नुहोस्: 28960000।