चाईनिज नयॅा वर्षको दिन बन्यो एक चाईनिज परिवारको लागी कालो दिन


98651A90 33C5 46AD 8EF6 3F392E27F9AD

नारायण भण्डारी २ फेव्रुवरी २०२२

हङकङमा अहिले  चिनियाँ नयाँ धुमधाम संग मनाईरहेका छन। भलै कोरोनाको पाचौ लहर चलेतापनी आ-आफ्नै तरीकाले सुरक्षित भएर नयॅा वर्ष मनाईरहेका छन।

तर यसै वर्षको पहिलो दिन हङकङमा ३ जना यात्रु बोकेको ट्याक्सीले चिङ यी को उत्तरी पुलबाट चिङ यी तर्फ जादैथियो। चिङ यी एमटीआर स्टेसन नजिकैको फोर्कमा पुग्दा ट्याक्सीले  नियन्त्रण गुमाएर ४ फिट अग्लो पर्खालमा एक्कासी ठोक्कियो जयमा ४० वर्षीय पुरुष गाडीमा फसेका थिए भने उनकी श्रीमती, ३० वर्षीया महिला, ९ वर्षीया बालिका र बच्चालाई सामान्य चोट लागेको थियो ।

ट्याक्सी दुर्घटनामा परेपछि प्रहरीलाई खवर गरिएको थियो चालकको उद्धारका लागि घटनास्थलमा पुगेका अग्निनियन्त्रकहरूले घाइते चारजनालाई उपचारका लागि अस्पताल पठाएका थिए । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटना हुनु अघि ट्याक्सी चालकलाई “चक्कर” आएको कुरा प्रारंभिक अनुसन्धानबाट खुल्न आएको थियो।


Translate »