हङकङको वान चाईमा छतबाट हाम्फालेर वृद्दको मृत्यु


49AB32B7 6E11 49E2 8A46 F1C0C2600F6B सांकेतिक चित्र

नारायण भण्डारी हङकङ २४ जनवरी २०२२

हङकङको वान चाईमा आज साँझ करिब ५ बजेको समयमा  वोङ  थर गकेका  एकजना ७३ वर्षीय व्यक्ति वान चाइको जोनस्टन रोड, १४८ मा रहेको चुङ नाम हाउसको माथिबाट हाम फाले र तल भुईमा खसेका थिए।

उक्त घरमा रहेका सुरक्षा गार्डले सहयोगको लागि प्रहरीलाई कल गरेका थिए। खबर पाएलगत्तै उद्धारकर्ताहरू घटनास्थलमा पुगेपछि गम्भीर चोट लागेको वोङको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो ।

मृतक भवनको छतबाट खसेको अनुमान गरिएको छ । घटनास्थलबाट प्रहरीले कुनै सुसाइड नोट फेला पारेको छैन र घटनाबारे थप अनुसन्धान गरिने छ र उक्त घटनाको सत्य तत्थ्य बाहिर आउने छ ।


Translate »