प्रदेशमा दुवई पछि हङकङमा विमोचन भयो मुक्तक संग्रह “अशान्त धडकन”


 

IMG 2697

नारायण भण्डारी हङकङ १ अक्टोवर २०२४

साहित्यमा चर्चाकै सिखरमा रहिरहने र प्रायस हरेक बिधामा कलम चलाउने कवि एवं मुक्तककार कल्पना काफ्लेको मुक्तक संग्रह “अशान्त धडकन” २९ सेप्टेम्वर २०२४ वाट हङकङमा बेजोड रुपमा धडकिरहेको छ। कवि एवं मुक्तककार कल्पना काफ्लेले “अशान्त धडकन” स्वयं लिएर आएकी थिईन। कवि काफ्लेको छन्द कविता “चाहान्न आमा हुन” निकै रुचाईएको र सुनिरहन मन लागिरहने कविता पनि हो।

हङकङ साहित्यिक साझा श्रृंखलाले हरेक अंग्रेजी महिनाको अन्तिम आईतवार गरीने कार्यक्रममा सेप्टेम्वर महिनाको कार्यक्रममा “अशान्त धडकन” मुक्तककार कल्पना काफ्लेको मुक्तक संग्रह विमोचन गरीएको हो। श्रृंखलाका संयोजक रमण गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी हङकङका लागि नेपाली उपवाणिज्यदुत भोज कुमार भट्टराई रहेका थिए भने कार्यक्रमको सन्चालन संस्थाका पूर्व संयोजक टि वी याक्खाले गरेका थिए। यसैगरी श्रृखलाका संरक्षक एवं साहित्यकार दाजु गुरुङ, एन आर एन ए  महिला विभागकी सचिव टिका गुरुङ, हङकङ नेपाली माहासंघकी अध्यक्ष रिता गुरुङ, कृष्ण आचार्य, टंक सम्वाहम्फे, निवर्तमान संयोजक सुनिता गिरी, साहित्यकार जुनु काम्वाहाम्फे,  साहित्यकार कमल पौडेल, हिंसका डाईरेक्टरहरु विनय शाह, नरेन्द्र गुरुङ, अधिराज राई, यसैगरी काफ्ले कार्यरत रहेको नेपाल एयरलाईन्सका हङकङ मेनेजरहरु सुनिल श्रेष्ठ,  विजय अधिकारी, अल्पसंख्यक समुदायकी अध्यक्ष शिला घमाल, नेपाली वर्कर्ष एसोसिएसनकी अध्यक्ष पूर्णिमा जी शाह लगायत अनेक संघ संस्थाका प्रतिनिधीहरुले संयुक्त रुपमा अशान्त धडकनको विमोचन गरेका थिए। यसैगरी उक्त कार्यक्रममा साहित्यसंग सम्वन्धीत र साहित्यलाई मायागर्ने  विभिन्न व्याक्तित्वहरुको वाक्लो उपस्थिति रहेको थियो।

नोटः- व्यस्तताका कारणले म उपस्थित हुन नसकेकोले गर्दा धेरै आदरणिय व्याक्तित्वहरुको नाम थाहा नभएर छुटेकोमा क्षमा याचना गर्दछु🙏

हरेक फूलको सुन्दर थुङगा हुदैन
आमाको मन कहिल्यै ढुङ्गा हुदैन
स्वार्थी बेईमान र जाली मान्छेहरुको
कहिल्यै बोली र वचनको टुङ्गो हुदैन -कल्पना काफ्ले

 


Translate »