असारे व्यंग्यगीत


nb 1

असार मासको दवदवेहिलो छुनलाई घिनलाग्छ
गमलामा तिम्ले धानरोप्दाखेरी हामीलाई टिठलाग्छ
गम्लामा तिमी रोपेरधान फलाउछौ कहिले
गलामा धानको विउको माला लगाउछौ जहिले

असारपन्ध्र दिवसको नाममा बिक्रिती जहिले
ए नेता तिम्रो मती चाही अब सुधार्छौ कहिले
गमलामा धान फलाउला तिमी रोपेर कहिले
दिवसको नाममा बिऊलाई नष्ट पार्यौनी जहिले

कि भन माटो म छुदै छुन्न म मन्त्री भएसी
गमला मै बिऊ रोप्छौनी हामी अफिसमा गएसी
पहिले पो हामी किसानका छोरा हिलोमै रमाउथ्यौ
अहिलेत हामी ठुलाबडा भयौ कमिसन समाउछौ

जनतालाई ढाट्न सिपालु हामी जता जे गरेनी
देश बिकास हामी गर्दैनौ कहिल्यै प्राणै हरेनी
तिमी पो जनता लाटा भएर हामीले ठगेको
देशको बिकास केही गर्नेहोईन तिमीले रोजेको

मनले आटे कति पो लाग्छ देश बिकास हुनलाई
पहिलेपो हामी सहयात्री थियौ घिनलाग्छ छुनलाई
अझै नी आस गरेमा जनता हामीलाई हेरेर
बिकास हुन त्यस्तै हो हेर मरौला रोगैले घेरेर

नेपाल देश अतीसुन्दर छनी प्राकृतिक रुपमै
बिकास हुन बेरलाग्ने छैन हामीले मनले चाहेमै ।

 

नारायण भण्डारी “आर्यन” सत्यवती ६ जोहाङ गुल्मी

हाल कर्मभुमी हङकङबाट|


Translate »