नारायण भण्डारी हङकङ १२ डिसेम्वर २०२१
राष्ट्रिय प्रजातन्त्र पाटिको भातृ संगठन प्रवासि एकता समाजको हिजो समाजका अध्यक्ष इश्वर बिक्रम शाहको आयोजनामा बसेको बैठकले नेपालमा रा प्र पा बाट निर्वाचित अध्यक्ष राजेन्द्र सिङदेनलाई बधाई एवं आफ्नो पाटिको एजेन्डामा रहेर देश र जनताको हितमा कामगर्न कार्यकाल सफल होस भनि शुभकामना व्याक्त गरिएको थियो।
अहिले चलिरहेको नेपाली कांग्रेसको १४औ महाअधिवेसनमा अध्यक्ष लिंङदेनले बोलेको बिषय “अब गाउमा नेता जादा कुन चोर आयो भन्छन” भन्ने अभिव्यक्तिप्रती नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष केपी ओलिले नव निर्वाचित अध्यक्षलाई वाच्छोको संज्ञा दिनुले पनी एउटा पाटिले अर्को पाटिको अध्यक्षमाथी बोलेको शव्दले हाम्रा नेताहरुको अहमतालाई लिएर पनी छलफल भएको थियो। साथै माओवादिपाटिका नेता प्रचण्डले जनताई सोधेको कुरा के लिङ्देनले भनेजस्तो नेता गाउमाजादा चोर आयो भन्छन भन्दा जनताको हुटिङबाट हो भन्ने भनाईलाई प्रचण्ड स्वयंले होईन भन्दै हात हल्लाउनुले पनी पुराना नेताबाट जनता वाक्क दिक्क भैसकेको प्रष्ट देखीन्छ।
अहिले नेपालमा रा प्र पा को नव निर्वाचित अध्यक्षको जितबाट बिश्वभर छरिएर रहेका नेपालीहरुमा आफ्नो नेपालीमाटो सुहाउदो राजनीतिको आसा जागेको छ नेपालमा पनी नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा निकै जनमानसमा आशापलाएको छ र नेपाली कांग्रेसको अधिवेशनमा लिङ्देन बोल्दा निस्केको हुटिङबाट पनी नेपालमा नयॅा पुस्ताप्रती आशाजागेको देखिन्छ।
सहभागी नेपाल राष्ट्रिय प्रजातन्त्र पाटिका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता गाउमा जादा चोर आयो मात्र होईन भ्रष्टाचारी देशबेचुवा जस्ता शव्दहरु पनी प्रयोग गर्ने र गाउ गाउबाट लखेट्न पनी जनता पछि पर्ने छैनन भन्नेकुरा पनी नेपालमा भैरहेको माहोलले देखाईरहेको प्रष्ट हुन्छ।
राष्ट्रिय प्रजातन्त्र पाटिको नेतृत्व पुस्तान्त्रणबाट अन्य पाटिमा पनी यसको अभ्यास दोहोर्याउनुपर्ने र नयॅा पुस्तालाई पाटिको जिम्मेवारी सुम्पिनुपर्ने र देशलाई निकास दिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए। देशबाहिर रहेर पनी देशको समृद्दि हित बिकास र देसमा बिकास होस भन्ने चाहाना संपूर्ण प्रवासी नेपालीहरुको रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पाटिमा लिङदेनको अध्यक्षतामा पाटि गएपछि रा प्र पा को नेतृत्वबाट पार्टिलाई बन्दक बनाएर राख्ने र पाटिको एजेन्डा अनुसार अगाडी नबढाएर वाक्क भएर पाटि छोडेर गएकाहरु पनी पाटिमा फर्कने क्रम चलिरहेको र नयॅा सदस्यहकरुले पनी पाटिमा प्रबेस गर्नेक्रम चलिरहेको छ।
सबैको आसाको केन्द्रमा रहेका नव निर्वाचित अध्यक्ष लिङ्देनले भनेजस्तै “भ्रस्टाचार गरेर खानुभनेको आमाको रगत खानु हो” भन्ने कुरा व्यहारमा पनी देखाएमा पक्कैपनी नेपाली जनताले खुलेर साथ दिनेछन र अर्को कुरा मैले कसैलाई पनी धोका दिएको छैन दिनेछैन र जनतालाई निराश बनाउने छैन भन्ने कुरा अध्यक्ष लिङ्देनले पटक पटक दोहोर्याउनु भएको कुरा जनताले विर्सने छैनन पक्कैपनी तपाईले वोलेअनुसार काम गरेर देखाउनु भयो भने तपाईले भनेजस्तै रा प्र पा मा पाटि प्रवेस गर्नेको लहर चल्नेछ रा प्र पा ठुलो पाटि बन्ने छ र बहुमतका साथ संसदिय चुनावमा विजय हासिल गर्ने दिन आउने गरि काम अगाडि बढाउनुहोला तपाईलाई साथ बिदेशीले दलालले देलान नदेलान तर सच्चा नेपालआमालाई मायागर्ने नेपालीमन भएका नेपाली जनताको साथ समर्थन पक्कै पाउनुहुनेछ।शुभकामना देशभक्त युवा जोस जागर स्पस्टवक्ता निडर राष्ट्र प्रेमी नेता राजेन्द्र लिङ्देनलाई शुभकामना !!