नारायण भण्डारी हङकङ २२ मार्च २०२२
नेपालमा हिजो सम्पन्न नेपाल स्वास्थ्य प्राबिधिक संघ को दशौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय अध्यक्ष पदमा सर्बसम्मत रुपमा निर्बाचित हुनु भएको मा हामी गुल्मेलीका स्वास्थ्य क्षेत्रका अभिभावक श्री वशन्त कुमार श्रेष्ठ ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछौ।
निकै लामो समय स्वास्थ क्षेत्रमा काम गरिरहनु भएका वशन्त निकै शालीन र भद्र स्वभावको र सवै तह र तप्काका मानिसहरुसंग मिल्ने निकै मिलनसार उमेरले पाको भएपनी बच्चादेखी बृद्धसम्म सबैलाई माया र सम्मान गर्ने सबैलाई समान रुपले हेर्ने हामी गुल्मेली त्यसमा पनी साविकको गुल्नी क्षेत्र नं १ को विशेष अभिभावक हुनुहुन्छ।
सानो सस्मरण आदरणिय दाजी वशन्त कुमार श्रेष्ठ ज्यू
मलाई स्मरण भएसम्म उहा यती सम्म मिलनसार हुनुहुन्छ कि म हङकङबाट नेपाल घर गएको बेला फुपु भेट्न बम्घा को वाहादी (गेवा) गएर फर्कदै गर्दा म र मेरी श्रीमती बुटवल आउन वलेटक्सारबाट बस चढेका थियौ हामीले दाजीलाई देखे कै थिएनै तरपनी आफै आएर बोलाउनु भयो भलाकुसारी गर्यौ हुनत वशन्त दाजीसंग मेरो भेट नभएको दशौ बर्ष भै सकेको थियो तर पनी उहाले आफ्नो गाउको भाई भनेर त्यसरी बोलाउनु भयो मलाई निकै खुसीलाग्यो र मैले उहाको बारेमा मेरी श्रीमतीसंग धेरै कुरा गर्दै बुटवल तर्फ हिड्यौ।
हो त्यहि दाई म करिव १२/१३ वर्षको हुदा मेरो कान दुख्दा उहाको घरमै गएर उपचार गरेको थिए त्यो पनी रातीको समयमा त्यतीवेलाको कुरा पनी उहाले वलेटक्सारको भेटमा मलाई भाई कान कस्तो छ आजकाल भनेर सोध्नुभयो कुरा कानको हैन दाजी पदको कुरा गर्यो भने निकै ठुलो पदमा पुगीसक्नु भएको थियो तर पनी करिव २ दशक अगाडिको कुरा सम्झेर मेरो समस्या सोध्नुभयो मैले सोचे साच्चै यस्तै व्याक्ति हाम्रो देशको नेता हुने र जनताको समस्या यसरी नै चासोका साथ सोध्नेहो भने के देशको हालत यस्तै हुन्थ्यो होला र?
वास्तवमा वशन्त दाजी हजुरको हृदय कोमल छ हजुर साचिक्कै माहान हुनुहुन्छ हजुरको यो मिलनसार बानिले जो कोहीलाई पनी प्रभावित पार्न र मन सजिलै जित्न सक्नुहुन्छ। हजुरको सदा प्रगति उन्नती र शुस्वास्थ्यको कामना गर्दछु । हजुरको जय होस उहि भाई नारायण भण्डारी हाल कर्मभुमी हङकङ
दाजी चिन्ता नगर्नु मेरो कान हजुरले उपचार गरेदेखी नै पूर्ण रुपमा स्वस्थ छ है ।