हङकङ नेपाली माहासंघलाई बेईजिङ केन्द्र सरकारबाट आयो कोरोना भाईरस संग लड्ने औषधी र र्यापिड एन्टिजेन किट


8DA9BFE4 81B2 4003 A451 4D89FF7C1A0F

नारायण भण्डारी ७ मार्च २०२२

हङकङमा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको छाता संगठन हङकङ नेपाली माहा संघले नेपाली समुदायको लागी मात्र नभएर नेपालमा समेत पटक पटक बिभिन्न सहयोग गरिरहेको सबैलाई सर्बबिबिदै छ। कोरोनाले आक्रान्त पारेको बेलामा समेत नेपालमा ठुलो सहयोग पठाउन सफल भएको थियो हङकङ नेपाली माहासंघ ।

अहिले हङकङमा कोरोना पाचौ लहरको माहामारी चलिरहोको छ र प्रायस नेपालीहरुपनी यो माहामारीबाट अछुतो रहन सकेका छैनौ। यसै समयमा हङकङ नेपाली माहासंघलाई बेईजिङ सेन्ट्रल गभर्नमेन्टले उपलव्ध गराएको सामान ,Hong Kong government representative- Yau Tsim Mong District Officer Mr. Edward YU र DAB representative Mr. Craig JO- Ex Yau Tsim Mong District Councillor ले एक समारोहको बिचमा कोरोना चेक गर्ने र्यापिड एन्टिजेन टेस्ट किट र चाईनिज औषघी हस्तान्त्रण गरेका हुन।

हङकङ नेपाली माहासंघको कार्यालय मङककमा भएको उक्त कार्यक्रमा Mr Edward Yu र Mr Craig Jo ले उक्त सामाग्री माहसंघकी अध्यक्ष रिता गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो। अहिलेको कोरोनाको नया प्रजाती अम्रिकोनलाई ठिक पार्ने औषधी नेपाली समुदायमा प्रभावकारी रुपमा रहेको कुरा अध्यक्ष रिता गुरुङले जानकारी गराउनु भएको थियो।

कर्यक्रममा बोल्दै अध्यक्ष रिता गुरुङले उक्त चाईनिज औषधी लगातार पाच दिनसम्म सेवन गर्दा कोरोना ठिक भएको र हुने कुरा समेत प्रतिनिधीहरुसंग अनुभव सेयर गर्नुभएको थियो। हाल यो औषधी यदकदा हङकङको फार्मेसी (डिस्पेन्सरी) हरुमा समेत पाईने कुरा पत्ता लागेको छ। यदि तपाईहरुलाई पनी कोरोनाले गाह्रो बनाएको छ भने साथी भाई मर्फत उक्त औषधी मगाई सेवन गरेर आफ्नो स्वास्थ्य ठिक गराउन सक्नुहुनेछ।


Translate »