भैरहवामा निर्माणाधिन गौतम वुद्ध विनानिस्थलको परिक्षण उडान गर्न थाईटोली भैरहवामा


6B4AB11F 1C09 4570 AF11 6B97F15C1C69

नारायण भण्डारी हङकङ १४ माघ २०७८

बहुचर्चित आयोजना र निकै चासोको रुपमा र धार्मिक पर्यटन पर्वदन गर्ने बहुपक्षिय फाईदा र संभावना बोकेको र हाल निर्माण कार्य लगभग सकिसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानको पूर्व तयारीका लागि थाईल्याण्डवाट प्राविधिक टोली बिमानस्थल भैरहवा आईपुगेको छ।

बिमानिस्थलमा आयोजनामा जडान गरिएका मौषम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माणको ठेक्का लिएको कम्पनी “ आईसिबी टु एरो थाई “ थाईल्याण्डका ४ जना प्राविधिक  टोली भैरहवा आईपुगेको हो। उक्त टोलीले बिमानिस्थलमा जडित विभिन्न उपकरणहरुकोपरिक्षण गरीसकेपछि मात्र उडान सुनिश्चित गर्ने कुरा बताईएको छ।

थाईल्याण्डवाट निर्माणाधिन गौतमबुद्ध आएको टोलीले संपूर्ण प्राविधीक कुराको परिक्षण गरेर मात्र थाईलैण्ड फर्कने छ।  थाईलैण्डको टोलीले काम थालेको केही दिनपछि फेरी अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली आउनेछ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोलीले काठमाडौंमा थाईलैण्डको प्राविधीक टोलीसंग मंगलवार नै छलफल गरेको थियो । टोलीले बिहीबारदेखि नै काम थालेको छ । परीक्षण उडानका लागि धावनमार्ग जाँच र विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि यही टोलीले दिनेछ ।

नेपाली ईन्जिनियरहरु सहितको प्राविधीक टोलीलाई दुई महिने तालिम यहि माघ महिनाको २ गतेवाटै भैरहवामा सुरु भैसकेको छ।हाल विमानस्थलमा प्राधिकपणको तर्फबाट ३४ जना कर्मचारी कार्यरत रहेका छन भने बाकि आवस्यक पर्ने १५१ जनाको लागि दरवन्दि मार्फत पदपूर्ति गरिने भएको छ।

विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न नेपाली इन्जिनियरसहितको प्राविधिक टोलीलाई गत माघ २ देखि भैरहवामा दुईमहिने तालिम दिन सुरु भइसकेको छ । हाल बिमानिस्थलमा पाधिकरणबाट ३४ जना प्राविधिकहरु खटिसकेका छन भने वाकि रहेका १५१ जना कोलागि दरवन्दि पदपूर्ति द्वारा लिईने भएको छ।

 


Translate »