नारायण भण्डारी हङकङ १९ सेप्टेम्बर २०२२
हङकङमा आज बिहान करिब १२ बजे, जब एक यात्री युएन लङको युची स्क्वायरबाट हिडिरहेको बेलामा उसले घटनास्थलमा दस जना भन्दा बढी मानिसहरूलाई एकअर्कालाई पछ्याउँदै लडिरहेको देखे। कोहीसंग हतियारको रुपमा धारिलो चक्कु समेत हातमा लिएका थिए ।
प्रहरीलाई खवर गरेपछि ठूलो संख्यामा प्रहरी अधिकारी घटनास्थललाई नियन्त्रण गर्न पुगेका थिए र नजिकैका विभिन्न स्थानबाट ४ जना घाइतेहरुलाई पक्रेका थिए । तीमध्ये वोङ थरका ३७ वर्षिय व्यक्तिको टाउको, हात र खुट्टा पुरै रगतले भिजेको थियो। उनलाई तुरुन्तै एम्बुलेन्सबाट तुन मुन अस्पताल पठाईयो तर उनलाई हस्पिटल पुर्याउनुअघि टाउको, हात र खुट्टामा चक्कु प्रहार भएको शंकास्पद घाउका कारणले उनी कोमामा थिए।
बाँकी तीन जना क्रमशः २७, ३१ र ४१ वर्षका पुरुषलाई पनि टाउको र हातमा चोट लागेको र उपचारका लागि छुट्टाछुट्टै तुन मुन अस्पताल र पोक ओइ अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलमा रहेको हाउजिङ एस्टेटको बेसमेन्ट फ्लोरमा रहेको बारलाई घेरा हालेर नजिकैको इलाकामा अनुसन्धान गरिरहेको छ । मुद्दालाई सुरुमा “घायल” र “सार्वजनिक स्थानमा झगडा” को रूपमा वर्गीकृत गरिएको थियो, र २७ वर्षीय र ४१ वर्षीय पुरुषहरूलाई “सार्वजनिक स्थानमा झगडा” गरेको शंकामा पक्राउ गरिएको थियो।
बारमा जन्मदिन मनाउने क्रममा दुई समूहबीच झडप भएको बुझिएको छ । रगतले दागिएको गज, टिस्यु, स्नीकर र अन्य मलबे भुइँमा छरिएको थियो। युएन लङ प्रहरी जिल्ला एन्टि-ट्रायड स्क्वाडले यस केसलाई लिएको छ र कालो शर्ट र ट्राउजरमा एक दर्जन भन्दा बढी संदिग्धहरूको खोजी गरिरहेको कुरा प्रहकीले बताएको छ।