नारायण भण्डारी हङकङ १४ जुन २०२२
हङकङको चुन वान एक १२ वर्षीया केटीलाई जिस्काएको र पिटेको आरोपमा सुएन वानमा रहेको टेनिमेन्ट भवनको छतमा अन्य धेरै युवाहरूले कम्तीमा २१ पटक थप्पड हानेका थिए।
केही दिन अगाडि मेनल्याण्डमा बस्दा उनले त्रिगुट पृष्ठभूमि भएको दाबी गर्ने १५ वर्षीया केटीलाई ठेस पुर्याएको हुनाले उनलाई सुएन वानमा रहेको टेनिमेन्ट भवनको छतमा लगेर थप्पड हानेर पाठ सिकाइएको आशंका गरिएको छ। बालिकाका बाबुले घटना थाहा पाएपछि सोधपुछ गरी उनले घटनाको खुलासा गरिन। आइतबार १२ जुनमा बुबासँगै गएर उनीहरूले युएन लङ प्रहरी चौकीमा उजुरी दिए। स्रोतका अनुसार प्रहरीले आज १४ तारिक घटनामा संलग्न १४ देखि १९ वर्ष उमेर समूहका ५ युवतीलाई ‘कुटपिट गरी शारीरिक हानी पुर्याएको’ आरोपमा १५ वर्षीया किशोरीसहित पक्राउ गरेको छ अबको केही दिनमा पक्राउ पर्ने कुरालाई नकार्न सकिन्न ।