आर्यन भण्डारीको व्यंग्य कविता “कठै मेरो देश”


E8D9E229 43CA 4CE0 81BB 89634E9912A5

व्यंग्य कबिता कठै मेरो देश

 

डिग्री पढ्या युबाहरु म्यादिको भर्तिमा

एस एल सी फेल हुनेहरु नेताहुने फुर्तीमा

 

कस्तो होला बिडम्बना बरै मेरो देशमा

एसयलसीको रक्षा गर्न डिग्री म्यादिको भेषमा

 

आजकाल नपढ है धेरै तिमी हौला भन्छन म्यादि

एस एल सी फेल भएकाले देश हाक्ने हुन क्यारी

 

नदि नाला कल कारखाना सबै बेची सके

लेण्डुपेले देशचलाउदा सबले हेपीसके

 

चुनावको नाउमा यिनले गर्न थाले नाटक

जनयुद्धका घाईते भेटदै देखाउदै छन चटक

 

आफै हुदा सर्बे सर्बा गर्या होईन एत्ती केही

जनता बैक राष्ट्र लुट्या पैसा गन्दाभयो ठिक्क त्यहि

 

सक्छौ भने हामी जनता अब बनौ पक्का जुट

भोट माग्न आउदा बिकाश सोधी उनैलाई कुट

 

गर्या होईनन अहिले सम्म गर्दैनन अब पनी

चोर भ्रष्ट नेता पाखा लगाउ असल नागरीक बनी

 

देशको ईज्यत लुटाईसके बेचिखाए धर्म

पाच बर्षमा भोट माग्न आउछन गाउ घरमा

 

गाउले सबै अब जाग टाठा बन सबै अब

गाउबाटै लखेटेमा चोर नेताको बुद्धि आउला तब

 

नारायण भण्डारीआर्यन

सत्यवती जोहाङ गुल्मी

हाल कर्मभुमी हङकङबाट

२३ मे २०२२ राती २२ः०० बजे


Translate »