व्यंग्य कविता लाज नभाको राज
दुई दुई ठाउमा राज गर्ने नाम एकराज
घरमा छोरी श्रीमती छन नमान्ने हो लाज
महिला पनि उस्तै रहिछन पद राज्यमन्त्री
त्यो बच्चिको के दोस बरा जटा भुत्ल्याएकी
पोई पो उनको नाठो तिम्रो परिवारको के दोश
नाठो खोज्दै घरमै पुग्यौ पुर्याईनौ नी होस
सार्बजनिक पदमा बस्या लभ गर्न पो होर ?
लभै गर्ने भए तिमी सिंगल केटा खोज
घरमा पनी होलान तिम्रा पनी पक्कै श्रीमान
आफ्नो फाल्यौ ईज्यत तिमी उनको अपमान
संघियता घाडो भयो भन्छन नेताले नी आज
बिकासको नाममा आजकाल पोई खोस्ने काज
कहिले आउछन केटि काण्ड कहिले महिला काण्ड
घरमा बुढा हुदा हुदै थाल्यौ अर्कोलाई नी तान्न
रैछ तिम्रो गहिरो प्रेम आघाद माया पनी भाकी
राज्यमन्त्री भएपनी बुद्धिमा बिर्को लाएकी
महिला बाट महिला पिडित छननी हाम्रो देशमा
मान्छै हामी देवि लक्ष्मी तर तिमी किच्किण्डिको भेषमा
सार्बजनिक पद धारण तिमी भन के का लागि गर्यौ
घरमै गई हात पात गर्ने तिमी आट काहाबाट गर्यौ
नारायण भण्डारी “आर्यन”
सत्यवती ६ जोहाङ गुल्मी
हाल कर्मभुमी हङकङबाट
१४ जुन २०२२ दिवा १७ः०० बजे