CASA होटल नाथन रोडमा गेष्टले चेक आउट नगरेपछि..


83701C7D ADB5 47E2 8D71 C89E7FEF00C2

नारायण भण्डारी हङकङ ७ जनवरी २०२२

हङकङको काउलुनमा याउ चिम मोङ जिल्लामा पर्ने ४८७ नाथन रोडमा रहेको कासा होटलमा आज एउटा दुखद घटना घटेके छ जुन आज बाहान चेक आउट भएर घर जानुपर्ने गेष्टले चेक आउट गर्न नआएपछि घटनाको बारेमा कुरा बाहिर आएको हो।

होटलमा हरेक दिन मध्यान्ह १२ बजे होटल बुक गर्न र छोड्न पनी १२ बजे नै पर्छ यदि त्यो भन्दा लामो समय सम्म हेटल नछाडेमा होटलको नियम अनुसार अर्को दिनको चार्ज लाग्छ चाहे तपाई राती ११ बजे होटल बुक गरेपनी भोलि मध्यान्ह १२ बजे या त्यस अगाडी नै कोठा छोड्नुपर्दछ।

आज दिउसो जोर्डनको नाथन रोडमा रहेको कासा होटलमा एकजना गेष्टले कोठाको चाबि बुझाउन नआएपछि र ढोका पनी नखोलेपछि होटलका स्टाफले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र फायरफाईटर होटलको कोठामा पिगेर चेक जाच गर्दा मानिसले प्लास्टिकले पुरै टाउकोमा बेरेर अर्धचेतन अवस्थामा भुईमा लडिरहेको पाए ।

तुरुन्तै एम्वुलेन्स द्वारा कोङ वा हस्पिटलमा पठाईयो र उक्त व्याक्तिको परिवारलाई संपर्क गरी उसको पहिलेको हिस्ट्रि लिनेकाम गरेका छन के कती कारणले उक्त व्याक्तिले होटलमा आएर आत्महत्या गर्नलागेको भनेर ।

यदि तपाईलाई पनी हङकङमा मानसिक यमस्या छ बेला बेलामा मर्न मनलाग्ने आत्महत्या गर्न मनलाग्ने हुन्छ भने २४सै घन्टा यो २८९६०००० मा फोन गरी परामर्स लिन सक्नुहुनेछ यो नम्वरमा दोभाषेको व्यवस्था पनी हुन्छ।


Translate »