नारायण भण्डारी हङकङ २० डिसेम्वर २०२१
संयुक्त राज्य अमरीकाको राज्य अन्तर्गत को ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षिय गेब्रियल बोरिक निर्वाचित भएका छन ।
आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन।चुनावको अन्तिम मत परिणाम अनुसार बोरिकले कुल मतदानको ५६ प्रतिशत मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दि कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।
चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि त्याहा राष्ट्रपतिय पदको लागी निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थब्यबस्था लागु ग्राउन सक्ने बाचा गरेका थिए ।
यसरी चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा भने विल्कुलै फरक भएको छ जसमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई बिद्यार्थी नेताहरु बोरिक र कास्टबीच मात्र प्रतिस्पर्धा भएको थियो । यो समाचार एजैन्सिहरुको सहयोगमा तयार पारिएको हो।