नारायण भण्डारी हङकङ १० नोभेम्वर २०२१
हिज ९ नोभेम्वर मङ्गलबार हङकङमा तापक्रम निरन्तर ओरालो लाग्दै सिजनकै सबैभन्दा चिसो दिनको रेकर्ड बनाएको छ ।
हङकङ अब्जर्भेटरीले हिजो बिहान न्यूनतम तापक्रम १६.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ, जुन यस शरद ऋतुमा अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो।
हङकङको मुख्यभुमी चिनमा भने सुख्खा उत्तरपूर्वी मनसुनको प्रभावले आगामी केही दिनमा दक्षिणी चीनमा मौसम सामान्यतया सफा रहने मौसमविभागले जनाएको छ।
हरेक बिहान चिसो बढि हुनेछ र दिनमा फेरी केहि तापक्रममा बृद्दिहुने र रातको तापक्रमको भिन्नता अपेक्षाकृत रुपमा बृद्दि हुनेछ। तर उत्तरपूर्वी चिनको मनसुन अर्को साताको सुरुमा तापक्रम केही बढेर मध्यम हुने अथवा जाडो कमहुने अनुमान गरिएको छ ।