हङकङमा सुरु भयो फेरी चिसो मौसम भोलि १२ डिग्री


A05DF277 ACB7 4478 9374 3816CDAC2A9F

नारायण भण्डारी २९ जनवरी २०२२

हङकङ मौषम बिभागले आज दिउसो ४ः२० बजे चिसो मौसमको चेतावनी अर्थात अब ह्वात्तै चिसो हुने कुरा आफ्नो मोवाईल एप्समा सुचित गरेको छ। चिसो संग सम्बन्धित जाडो मनसुनको प्रभावमा भोलि ग्वाङ्डोङको तटीय क्षेत्रमा मौसम चिसो हुने भएको छ । चाईनिज नयॅा वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको बिदामा दक्षिणी चीनको तटमा मौसम अपेक्षाकृत चिसो रहनेसँगै बादल, वर्षा र हावाहुरी हुनेछ। भोलि बिहानसम्म तापक्रम १२ डिग्री सेल्सियसमा झर्नेछ।

चिसो मौसम नजिकिएसँगै समाज कल्याण विभाग (SWD) ले वृद्धवृद्धालाई चिसो मौसममा सावधानी अपनाउन स्मरण गराएको छ । आफन्तहरू, साथीहरू र छिमेकीहरूलाई कमजोर वृद्ध व्यक्तिहरू, विशेष गरी एक्लै बस्नेहरूको स्वास्थ्यको लागि चिन्ता र हेरचाह गर्न अनुरोध गरिएको छ। यदि कुनै त्यस्तो ब्याक्तीलाई कुनैपनी कुराको खाँचो परेकाहरूले सहायताको लागि २३४३ २२५५ मा SWD हटलाइनमा कल गर्न अनुरोध गरिएको छ।

यो जाडो मौषमको चेतावनी र हङकङ ह्वात्तै बढेको कोरोनाको कारणले गर्दा तपाईहरुपनी कतै ननिस्कनुहोला र आफ्नो परीवारको र परिवारमा बृद्धबृद्धाहरु भएमा विषेस ख्याल गर्नुहोला विरामी भएर हस्पिटल जादापनी कोरोना लाग्ने डर छ त्यसैले तपाई हामी सबै घर भित्रै बसौ अति आवस्यक र काममा जानुपर्नेहरुमात्र बाहिर निस्कै रोग र चिसोबाट बचौ ।


Translate »