नारायण भण्डारी हङकङ १३ जुन २०२२
हङकङ सरकारले बिबिध कारणले आफ्ना नागरिकहरु बेरोजगार भएको कारणले बितरण गरेको १०,०००$को उपभोग भाउचरहरूको दोस्रो ब्याच गर्मीको समयमा वितरण गरिने भएको कुरा वित्त प्रमुखले बताएका छन, यसको बारेमा थप विवरणहरू यसै साता आउने कुरा पनी जानकारी गराएका छन।
आर्थिक सचिव पल चानले ई-भाउचरको प्रयोगले सहरमा इलेक्ट्रोनिक भुक्तानीको विकासलाई बढावा दिन मद्दत गर्ने आशा राख्छन्
गत वर्ष योजना सुरु गरेपछि कुल ६.६ मिलियन व्यक्तिगत खाताहरू र लगभग १३०,००० व्यापारी खाताहरूले भण्डारण मूल्य सेवाहरू प्रयोग गर्न थाले, चानले बताएका छन।