नारायण भण्डारी
२४ अगष्ट २०२१
पछिल्लो समयमा विश्वव्यापीकरण भएको कोरोना रोगवाट काठमाडौं उपत्यका भित्र मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका विरामी ५६६ सङ्क्रमित थपिएका छन् । यसरी कोरोनाका विरामीहरू यसप्रकार थपिएका छन काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाण्डौमा ७ ,४२०, भक्तपुरमा १४०० तथा ललितपुरमा २२१८ रहेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यसरी नै पछिल्लो समयमा चाँडपर्वका समय आहरहेको र चाडपर्वका नाममा अत्यधिक भीडभाड देखिएपछि मन्त्रालयले भीडभाड नगरी चाँडपर्व मनाउन आग्रह गरेको छ ।
आफ्नो संस्कृतिलाई जोगाउन मनाइने पर्वलाई औपचारिकता मात्र दिन र भीडभाड नगर्न मन्त्रालयको आग्रह छ भने मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भीडभाड नगरी चाँडपर्व मनाउन र पर्वलाई औपचारिकता दिनेगरी मात्र पर्व मनाउन भनि मन्त्रालयले निर्देशन दिएको छ ।
चाँडपर्वसँगै दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीहरु खरिद तथा बिक्री गर्दा पनि सामाजिक दूरी कायम गरी भीडभाड नगर्न मन्त्रालयले जनाएको छ । कोरोना महामारी लाई मुख्य संक्रमणलाई मध्यनजर गर्दै उपत्यकामा फेरी सरकारले यही भदौ ८ गतेसम्मका लागि पुनः निषेधाज्ञा थप गरेको छ ।