हङकङमा २४ घण्टामा ११७ जनाको मृत्यु ३२,५९७ जना संक्रमित


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

 

नारायण भण्डारी हङकङ १ मार्च २०२२

हङकङमा स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा अल्बर्ट एयुले पछिल्लो २४ घण्टामा ११७ जनाको मृत्युभएको तथा ३२,५९७ जनामा कोरोना संक्रमण भएको जानकारी दैनिक रुपमा गरिने कोरोना अपडेट पत्रकार सम्मेलनमा जानकारी गराएका हुन।

ती संक्रमित मध्ये ३ हजार ४ सय ९७ जना अस्पताल प्राधिकरणबाट, १ हजार २७४ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी २७ हजार ८२६ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन् । केसहरू मध्ये १ डेल्टा भेरियन्ट समावेश थियो भने १,०८३ केसहरू ओमिक्रोन भेरियन्ट समावेश थिए। ९१ केसको परीक्षण अझै भइरहेको छ भने कम भाइरल लोडका कारण ९५ वटा केस पत्ता लाग्न सकेको छैन । हङकङमा कोभिड-१९ को महामारी सुरु भएदेखि अहिलेसम्म जम्मा २ लाख २५ हजार ७४६ जनामा ​​संक्रमण देखिएको छ।

पाँचौं लहरमा ६३६ बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा ९० प्रतिशत ६५ वर्षभन्दा माथिका थिए । मृतकमध्ये ८० प्रतिशत ७०–७९ वर्षका थिए । २९२ मृतक बिरामीहरू ८० वर्षभन्दा माथिका थिए। तीमध्ये ९१%ले कोभिड-१९ को खोप लिएका थिएनन। पूर्ण खोप लगाएका बिरामीको मृत्युदर ०.०३% मात्रै रहेकोले डा. एयुले जनतालाई सकेसम्म चाँडो खोप लगाउन आग्रह गरे।

यसैबीच ६ हजार १२४ बिरामी अझै अस्पतालमा भर्ना छन। पेनी बेमा रहेको क्वारेन्टाईनमा करिब ५७० बिरामीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म ५७ जना बिरामीको अवस्था अतिगम्भीर छ जसमध्ये ४१ जना खोप नलगाएका हुन र तीमध्ये ८८ जना अझै गम्भीर अवस्थामा छन जसमध्ये ६४ जना खोप लगाइएको छैनन।


Translate »