नारायण भण्डारी हङकङ ३ मार्च २०२२
हङकङको स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा अल्बर्ट एयुले कोरोना अपडेटको दैनिक पत्रकार सम्मेलनमा आज पनी १६ः३० बजे ५६,८२७ नयाँ कोभिड-१९ पुष्टि भएको घोषणा गरेका छन। तीमध्ये २ जना आयातित हुन भने बाँकी ५६ हजार ८२५ स्थानीय संक्रमण हुन । हालसम्म हङकङमा कुल सङ्क्रमितको सङ्ख्या ३३७,९२६ पुगेको छ र ९२० बिरामीको मृत्यु भएको छ।
५६८२७ संक्तीरमित मध्ये ५ हजार ४ सय ३४ जना अस्पताल प्राधिकरणबाट, २ हजार ६०२ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ४८ हजार ७९१ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका केसहरु हुन।
यसरीनै हालसम्म, ६ हजार ६ सय ९८ बिरामी अझै अस्पतालमा भर्ना छन। पेनी बे मा रहेको क्वारेन्टाईनमा करिब ७२० बिरामीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म ७८ जना बिरामीको अवस्था अतिगम्भीर छ (५२ जना खोप नलगाएका) र तीमध्ये ११६ जना अझै गम्भीर अवस्थामा छन् (६४ खोप नलगाइएका)।
पछिल्लो २४ घण्टामा १४४ बिरामीको मृत्यु भएको छ । तिनीहरू ४२ देखि १०२ वर्षका ८५ पुरुष र ५९ महिला थिए। तिनीहरूमध्ये ५६ आवासीय हेरचाह गृहका थिए। जसमध्ये १२४ जनालाई खोप लगाइएको छैन । तीमध्ये १० जनालाई पूर्ण खोप लगाइएको थियो भने १० जनालाई एउटा मात्रै खोप लगाइएको थियो। १३४ मृतक बिरामी ६५ वर्षभन्दा माथिका थिए ।
हालसम्म जम्मा ५६४ जना बिरामी डिस्चार्ज भइसकेका छन भने अस्पतालको शय्याको ८८.१% पूर्ण रूपमा प्रयोग भइसकेको छ। यसैबीच, भर्ना भएका बिरामीको जाँच गर्दा ६० जनामा पोजेटिभ देखिएको छ भने १३० भन्दा बढी नजिकका सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ ।
हालसम्म अस्पताल प्राधिकरणअन्तर्गतका ५ हजार २२१ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये ६ सय निको भएर काममा फर्किएका छन् ।
खाद्य तथा स्वास्थ्यका उपसचिव डा चुई टाक-यीले पत्रकार सम्मेलनमा हङकङमा तरकारी, फलफूल र दैनिक उपभोग्य वस्तुलगायतका खाद्यान्न आपूर्ति मुख्यभूमिबाट स्थिर रहेकाले किनबेचमा त्रास कायम हुन नहुने बताए। सुपरमार्केट सञ्चालकहरूलाई माग कम गर्न उनीहरूको खाद्यान्न स्टकको पुनःपूर्ति कारोबार बढाउन भनिएको छ।
त्यसैले हतारमा महंगोमा खाध्यान्न किनेर संग्रह गर्ने बानी गरेर बजारमा सामानको स्टक रहन नदिने काम नगरौ । तपाईहरुले १० दिनको लकडाउन हुने हल्लाले २ महिनालाई पुग्ने सामान महंगोमा किनेर घरमा स्टक नराख्नुहोला। बजारमा तरकारी र फलफुलमा पनी महंगि निकै माथी पुगिरहेको छ। अति आवस्यक कुरामा मात्र खर्चगर्ने बानी गरौ र भोलिको आर्थिक संकटबाट जोगिने बानी गरौ।