हङकङमा कोरोनाको नयॅा प्रजाती अमिक्रोनको सव-भेरीयन्ट BA2 को प्रकोप समुदायमा फैलिदै


235A2498 A92A 486F 8596 BA264D61788F
नारायण भण्डारी हङकङ १९ जनवरी २०२२

हङकङमा कोरोनाको नयॅा भेरीयन्ड ओमिक्रोन को पनी नयॅा प्रजाती सब-भेरियन्ट “BA.2” को नयाँ उच्च ट्रान्समिसिबल संस्करण हङकङ समुदायमा प्रवेश गरेको छ। याउ मा तेईमा रहेको सिलका सी भ्यू होटलमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले क्रस-संक्रमण गरेर समुदायमा फैलिएको हो।

तुङ मुन हाउस, ताइ ह्याङ तुङ इस्टेटमा बस्ने ४३ वर्षीया पाकिस्तानी महिलाको गत जनवरी १६ मा दुबई हुँदै EK609, EK384 उडानमा हङकङ आइपुगेकी थिइन। याउ मा तेइमा रहेको सिलका सी भ्यू होटलमा उनको अनिवार्य क्वारेन्टाइनमा गरिएको सबै ६ पटकको परीक्षण नेगेटिभ आएको थियो। उनी क्वारेन्टाइन सकेपछि आफ्नो घर  फर्किइन घर फर्केको चार दिन पछि COVID-19 को केहि लक्षणहरु देखिएपछि उनी आफ्नो कोरोना परिक्षण गर्न गईन र उक्त परिक्षण  सकारात्मक पोजेटिभ निस्कियो। उनीसँगै बस्ने परिवारका ५ सदस्य र ४ जना आफन्तमा पनी संक्रमण देखिएको छ । तिनीहरूमध्ये नौ जना सकारात्मक पोजेटिभ देखिनु अगाडि होटलबाट निस्किएर कोरोनाको लक्षण नदेखिदाका ४ दिन सम्म स्वतन्त्र रुपमा घुमिरहेका थिए।

पाकिस्तानी महिला अधिक शक्तिशाली ओमिक्रोन सब-भ्यारियन्ट “BA.2” बाट संक्रमित भएकी छन।  जुन अघिल्लो मुन प्यालेस क्लस्टर प्रकोप भन्दा फरक छ त्यसमा फ्लाइट परिचारीका र उनकी आमा ओमिक्रोन सब-भ्यारियन्ट “BA.1” बाट संक्रमित थिए।

यो हङकङमा पहिलो ओमिक्रोन सब-भ्यारियन्ट “BA.2” भेरियन्ट भाइरस ट्रान्समिसन चेन हो र यो भाइरस महिला बिरामी बस्ने तुङ मुन हाउसको माथिल्लो तलाका बासिन्दाहरूमा फैलिएको सम्भावना बढी छ।

उक्त भवनमा बस्ने संक्रमित बिरामीहरू मध्ये एकजनाले बिधालयमा  एउटै कोठामा संगै परीक्षा दिने विद्यार्थी पनी थिए। त्यसपछि यो भाइरस मेई फू सुन चुएन फेज ३ को माथिल्लो तल्लामा बस्ने बासिन्दामा सरेको थियो जहाँ विद्यालय रहेको थियो। स्रोतका अनुसार हिजो दिउँसो थप दुई जना बिरामी सार्वजनिक अस्पतालको ए एन्ड ई विभागमा गए र अज्ञात स्रोतबाट प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको हो। पाकिस्तानी महिलाले सुरु गरेको क्लस्टर प्रकोप विस्तार भएको आशंका गरिएको छ र तिनीहरू ओमिक्रोन सब-भेरियन्ट “BA.2” बाट संक्रमित हुन सक्छन।

यस नयॅा कोरोना भाईरसको अमिक्रोन को पनी सव भेरिएन्ट को बारेमा   विश्लेषणहरू भइरहेका छन र यो एकदमै  चिन्ताको बिषय पनी छ कि Omicron सब-भेरियन्ट “BA.2” प्रकोप समुदायमा छिट्टै फैलिनेछ भन्ने आसंका गरिएको छ।

Omicron भेरियन्टमा तीन  उप-जातीहरु रहेका छन जुन – BA 1, BA.2 र BA.3। ओमिक्रोन भेरियन्टको नयाँ उप-जातीहरू मध्ये एकका केसहरू गत हप्ता युकेमा पहिलो पटक फेला परेका थिए।

संसारमा अझै पनि ओमिक्रोन भेरियन्टसँग निकै सतर्क भएर रहनुपर्ने छ  जुन विश्वभर फैलिएको छ समाचार संस्था डेली एक्सप्रेसले रिपोर्ट गरेको छ कि देशले अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टको ५३ वटा अनुक्रमहरू पत्ता लगाएको छ। समाचारपत्रले बेलायती स्वास्थ्य सुरक्षा एजेन्सी (UKHA) लाई ब्रेकिङ न्यूजको स्रोतको रूपमा उद्धृत गरेको छ।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले शुक्रबार भन्यो कि यो बढ्दो विश्वस्त छ कि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट वयस्कहरूका लागि कम गम्भीर छ, किनकि यसले संस्करणको अद्यावधिक ब्रीफिंग प्रकाशित गर्‍यो। UKHSA ले भन्यो: “अब उच्च विश्वास छ कि Omicron भेरियन्टले वयस्कहरूमा रोगको कम गम्भीरता निम्त्याउँछ।”

UKHSA ले चेतावनी पनि दिएको छ त्यहाँ Omicron, BA.2 को उप-जातीका ५३ वटा अनुक्रमहरू छन्, जसमा कुनै खास उत्परिवर्तन छैन जसले यसलाई डेल्टाबाट सजिलै छुट्याउन अनुमति दिन्छ, यसले यसलाई नजिकबाट निगरानी गर्नेछ।

यसैबीच, इजरायलमा कम्तिमा २० वटा यस्ता घटनाहरू पहिचानमा आईसकेका  छन।


Translate »