नारायण भण्डारी २४ जनवरी २०२२
हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शन(CHP) का डा. चुआङ शुक क्वानले दिउसो ४.३० बजे गकेको मिडिया सम्मेलनमा हङकङमा ११ आयातित र ९८ स्थानीय सहित कुल १०९ जनामा कोभिड-१९ पुष्टि भएको जानकारी दिए। स्थानीय घटनाहरू मध्ये ५ अज्ञात स्रोतका थिए र २४ अन्य अघिल्लो केसहरूसँग जोडिएका थिए।
क्वाई चुङ एस्टेटमा कोरोना संक्रमित हुनेहरु जारी रहेका छन। जसमा आज ३० भन्दा बढी नयाँ केसहरू रिपोर्ट गरियो। ती मध्ये, याट क्वाई हाउसमा मात्र २७ जना, यिंग क्वाई हाउसमा ३३ जना, र ९ जना सोही एरियामा रहेका अन्य भवनहरूमा थिए। नयाँ केसहरूमा एक एसीको कामगर्ने प्राविधिक समावेश रहेका छन जो यिङ क्वाई हाउसमा बस्छन् र विजय एभिन्यूमा एसी बनाउने परियोजनामा काम गरेका थिए। उक्त साइटमा काम गर्ने अन्य ८ जनालाई पनि परिक्षण गरिएको थियो।
क्वाई चुङ एस्टेटको छेउमा रहेको फु केउङ हाउस, ताई वो हाउ एस्टेटमा २ नयाँ कोरोना संक्रमित फेला परेका छन। तिनीहरू एउटै दिशामा आमने सामने गरी दुई छेउछाउको फ्लोरमा बस्छन। अधिकारीहरूले सिधा रुपमा संक्रमण प्रसारण भएको शंका गरे र आज उक्त भवनको निरीक्षण गर्न विशेषज्ञटोलिहरू पठाउनेछन।
अज्ञात स्रोतहरूका ५ जना स्थानियहरुलाई जसमी केस नं.१३३३५, हो म्यानको किंग जर्ज वी स्कूलका १३ वर्षीय विद्यार्थी जो कोस्टल स्काइलाइन टावर ६, लाम तिनमा बस्छन र उनले ओमिक्रोन भेरियन्टको लागि कोरोना पोजेटिभ देखिएको छ। अन्य ४ केसहरुमा बैंकमा काम गर्ने कम्प्युटर प्राविधिक र उनी ग्लोरी कोर्ट, सुएन वान गार्डेनमा बस्ने (केस नम्बर १३३४० जो ओमिक्रोन भेरियन्ट क्यारियर हुन्), क्वाई यान हाउस, क्वाई फङमा बस्ने ५३ वर्षीया महिला छन्। एस्टेट (केस नं.१३३५३ जो ओमिक्रोन भेरियन्ट क्यारियर हो) र उनले क्वाई चुङ प्लाजा, ४९ वर्षीया महिला, शाम शुई पोमा बस्ने वोङ ताई सिनको कपाल काट्ने काम गर्छन तथा त्यहाँ बस्ने ७५ वर्षीय पुरुषलाई भेटिन। यूनिट ई, वोङ ताई सिनको ट्रोपिकाना गार्डेन ब्लक १ ले इन्क्युबेशन अवधिमा फङ टाक गार्डेनको भ्रमण गर्नुभयो र उहाँ डेल्टा भेरियन्ट लागेका हुन (केस नम्बर १३३८२)। अपार्टमेन्टमा एक जना बासिन्दाले पहिले ह्यामस्टर किनेका थिए र विशेषज्ञहरूले पछि उक्त भवनको निरीक्षण पनि गर्नेछन।
वोंग ताई सिन क्षेत्रमा सङ्कलन गरिएका वातावरणीय नमूनाहरूमा डेल्टा र ओमिक्रोन दुवै भेरियन्टहरू फेला परेका थिए र त्यस वरपरका बासिन्दाहरूलाई पनी परीक्षण गर्न सल्लाह दिइएको छ।
प्रिन्स अफ वेल्स अस्पतालको मनोचिकित्सा विभागको आउट पेटियन्ट विभागमा एक नर्सले प्रारम्भिक रूपमा सकारात्मक परीक्षण गरे। १८ जनवरीमा फलोअपको लागि मनोचिकित्सक बाहिरी रोगी क्लिनिकमा गएका एक बिरामीले परीक्षण गरे र नतिजा कोरोना लागेको पोजेटिभ आयो, र विशेषज्ञ आउटपेटियन्ट क्लिनिकमा ३१ जना उनका सहकर्मीहरूलाई परीक्षणको व्यवस्था गरिएको थियो। महिला नर्सको प्रारम्भिक परीक्षण पोजेटिभ (सकारात्मक) थियो र बाँकी अन्यको भने रिपोर्ट नेगेटिभ आएको थियो।