र्यापिड एन्टिजेन टेष्ट (RAT) रिपोर्टिङ गर्ने हटलाईन आजबाट बन्द


F8D89A77 7500 478A B15E 76D881764A09

नारायण भण्डारी हङकङ १३ मार्च २०२२

हङकङ सरकारले घरमै कोरोना चेक गर्ने प्रविधी (RAT) मार्फत चेक गरी प्राप्त सकारात्मक रिपोर्ट प्राप्त गर्नेहरुको लागी प्रयोगमा ल्याएको सरकारी हटलाईन आज दिउसो मध्यान्हबाट बन्द हुने कुराको जानकारी गराएको छ।

सरकारले पहिले नै घोषणा गरिसकेको छ कि  RAT द्वारा गरिएको सकारात्मक परीक्षण गर्ने जो कोहीले पनि सकारात्मक केसहरू लाई पनी सरकारी मान्यता दिईने छ चाहे उनीहरू सरकारले वितरण गरेको किटहरू प्रयोग गरिरहेका हुन वा आफ्नै खरीदमा ल्याएको भएपनी दुबैलाई मान्यता दिईनेछ। र्यापिड एन्टिजेन टेस्ट  को प्रयोग गरेर COVID-19 का लागि सकारात्मक परीक्षण गरिएका व्यक्तिहरूका लागि घोषणा प्रणाली नामक एक समर्पित प्लेटफर्म समानान्तर रूपमा सुरु गरिएको थियो जसले मानिसहरूलाई RAT मार्फत परीक्षण गरिएको उनीहरूको सकारात्मक नतिजा दर्ता गर्न सहजिकरण गरेको छ।  जसले सरकारलाई उनीहरूलाई अधिकतम सकारात्मक रिपोर्ट र सहि तथ्यांक उपलब्ध गराउन सहज बनाएको छ। उक्त हटलाइन 2280 4772 आज दिउँसोदेखि बन्द हुनेछ।

कोरोना अति प्रभावित ठाउमा वा ढलमार्फत कोरोना फैलिएको ठाउमा बसोबास गर्नेहरुले अबदेखी यो वेवसाईट www.chp.gov.hk/ratp मार्फत संपर्क गर्न सक्नेछन र उनीहरूको RAT सकारात्मक परिणाम दर्ता गर्न सक्नेछन। अनलाइन प्लेटफर्म प्रयोग गर्न कुनै कठिनाइहरू भएमा, तिनीहरूले आफ्नो परिचयपत्र वा हङकङ आईडि कार्ड र टेलिफोन नम्बर दर्ता गर्न 1836 119 मा  कल रेकर्ड गराएर आफ्नो संपूर्ण डिटेल प्रदान  गर्न सक्नेछन। स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शनले पछि रिपोर्ट प्रक्रिया पूरा गर्न उनीहरूलाई टेलिफोन सम्पर्क गर्नेछ।

हङकङका नागरिकहरुले कोभिड-१९ विषयमा वेबसाइट (www.coronavirus.gov.hk), गृह मामिला विभागले स्थापना गरेको २४सै घण्टा “StayHomeSafe” हटलाइन (1833 019) मार्फत महामारी विरोधी जानकारी र चिकित्सा सहायता प्राप्त गर्न सक्छन्, साथै अस्पताल प्राधिकरणको हटलाइन (१८३६ ११५) मा पनि संपर्क गरेर जानकारी प्राप्त गर्न सक्नेछन।

“कोभिड बिरुद्धको माहामारीमा हामी संगै लडौ र प्रण गरौ हामी अवस्य विजयी हुनेछौ”


Translate »