कोरोनाको पाचौ लहरमा पहिलो पटक सबैभन्दा कम संक्रमित आज ५८२३ जना ९६ जनामृत्यु


175D8002 C5F8 4460 AB28 DD7B03F98AD5

नारायण भण्डारी हङकङ १ अप्रिल २०२२

हङकङमा कोरोनाको पाचौ लहरबा भने केहि मात्रामा राहात हुने महसुस  हुने भएको छ। पाचौ लहरको कोरोना संक्रमण दर आज पहिलो पटक  सबै भन्दा न्युन संख्यामा झरेको छ जुन ५,८२३ कोभिड-१९ का केसहरू छन जसमा २,७४३ न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका छन् र ३,०८० Rapid Antigen Test (RAT) अनलाइन घोषणा मार्फत पुष्टि भएका केसहरू हुन । पाँचौं लहरमा हालसम्म १ लाख ५० हजार ६०७ जना संक्रमित भएका छन । आज आयातित केस ३ जना रहेका छन जसमा बहराइन र क्यानडाबाट २ जना क्याबिन क्रु सदस्य र १ जना जर्मनीबाट क्युआर ८१८ को उडानमा आएका घटनाहरू रिपोर्ट गरिएका छन। यो लगातार सातौं दिन हो जसको कुल दैनिक केसहरू १०,००० भन्दा तल झरेका छन।

परीक्षण गरिएका १,१३५ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। यसैबीच, ओमिक्रोन भेरियन्टमा करिब १,१२९ केसहरू थिए भने कम भाइरल लोडका कारण करिब छ केसहरू पत्ता लगाउन सकिएन।

पाँचौं लहरको सुरुवातदेखि कूल ७ हजार ७३२ बिरामीको मृत्यु भएको छ । अस्पताल प्राधिकरण द्वारा ११६ नयाँ मृत्यु रिपोर्ट गरिएको थियो ।

अस्पताल प्राधिकरणका डा सारा हो का अनुसार अझै १० हजार २ सय ९८ बिरामी अस्पतालमा भर्ना भइरहेको बताइन। हालसम्म ३० जना बिरामीको अवस्था गम्भीर रहेको र तीमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ । अति गम्भीर अवस्थामा रहेका ७९ बिरामीको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । बिरामीहरूमा ३८ देखि १०३ वर्षका ४९ पुरुष र ४७ जना महिला रहेका छन।

पछिल्लो २४ घण्टामा १ हजारभन्दा बढी बिरामी निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ५ जनाभन्दा बढी बिरामीमा पोजेटिभ देखिएको छ भने नजिकका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २१ हजार ३ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । जसमध्ये १९ हजार १३ जना निको भएर काममा फर्किएका छन।


Translate »