२४ घन्टामा २०६ जनाको मृत्यु संगै २०,०८२ जना संक्रमित १ हजार ७४ जना घर फर्के


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी १८ मार्च २०२२

हङकङमा कोरोना को पाचौ लहरले केहि समय निकै आक्रान्त पारेपनी हाल भने दैनिक रुपमा संक्रमणक दर घटदै गैरहेको छ। दैनिक मृत्युहुनेहरुको संख्या भवे दैनिक २०० माथी नै रहेको छ।

आज हङकङमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा घट्दै गैरहेको छ भने मृत्युहुनेहरुको संख्या भने बढिकहेको त्याङ्कले देखाएको छ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्युहुनेहरुको संख्या २०६ जना रहेका छन भने संक्रमितहरुको संख्या २० हजार ८६ जना रहेको स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा चुआङ शुक-क्वानले आजको पत्रकार सम्मेलनमा जानकारी गराएका छन।

आज संक्रमित हुनेहरुको कुल संख्या २० हजार ८६ जना रहेकोमा घरमै परिक्षण गरेर दर्ता गराउने हरुको संख्या १२११६ जना रहेका छन भने न्युक्लिड एसिड परिक्षण मार्फत ७९६६ जनामा संक्रमण भएको हो। आजका केसहरुमा ३ जना आयातित हुन जुन ईन्डोनेसिया र भिएतनाम बाट आएका थिए।

खाद्य तथा स्वास्थ्यका उपसचिव डा चुई टाक-यीले हङकङमा पाँचौं लहरको शुरुवातदेखि हालसम्म कूल कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या १,००,००० (दशलाख) पुगेको बताउनुभयो।

नयाँ पुष्टि भएका मध्ये १ हजार २७९ अस्पताल प्राधिकरणबाट, १ हजार ३ सय ८३ स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ५ हजार ३०४ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन् । परीक्षण गरिएका १,३८३ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। २६० केसहरू ओमिक्रोन भेरियन्टमा समावेश थिए जबकि लगभग ११२३ केसहरू अझै परीक्षण भइरहेको वा कम भाइरल लोडको कारण पत्ता लगाउन सकिएन।

पछिल्लो २४ घण्टामा २०६ मामिलासहित कुल २५९ जनाको मृत्यु भएको छ । पाँचौं लहरमा हालसम्म सार्वजनिक अस्पतालमा ५ हजार १८८ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका बिरामीको उमेर ११ महिनादेखि ११२ वर्षसम्म रहेको छ ।

१० हजार ५३२ बिरामी अझै अस्पतालमा भर्ना भइरहेको अस्पताल प्राधिकरणका डा लाउ काहिनले बताए । हालसम्म ६५ जना बिरामीको अवस्था अति गम्भीर रहेको र तीमध्ये ११५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ११५ बिरामीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७४ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा २० जनाभन्दा बढी बिरामीमा पोजेटिभ देखिएको छ भने ४० नजिकका सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका १८ हजार ८७६ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये ११ हजार १४४ निको भएर काममा फर्किएका छन् ।


Translate »